जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा
सारांश
- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो जापान भ्रमण उपलब्धिमूलक भएको बताइन्।
- भ्रमणका क्रममा जापानका उच्च अधिकारीहरूसँग भएका भेटवार्ता र छलफल नेपालका लागि महत्त्वपूर्ण रहे।
- मन्त्री राणाले जापानका विदेशमन्त्री र जाइकाका अध्यक्षसँग भेटवार्ता गरिन् र विभिन्न सहयोगबारे छलफल भयो।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न पाँच दिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छिन् । गएराति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा राणाले भ्रमणका क्रममा जापानका उच्च अधिकारीहरूसँग भएका भेटवार्ता तथा छलफल नेपालका लागि महत्त्वपूर्ण रहेको बताइन् ।
उनले जापानका विदेशमन्त्री इवाया ताकेसीसँग टोकियोमा भएको द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध, आपसी हितका विषय र साझा चासोका मुद्दाहरूमा गहन छलफल भएको बताइन् । साथै, जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष डा तानाका अकिहिकोसँगको भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन् । जाइका सहयोगमा सञ्चालित तथा सम्पन्न परियोजनाहरुका बारेमा समेत विस्तृत छलफल भएको उनले बताइन् ।
भ्रमणका क्रममा मन्त्री डा। राणाले जापानका उपविदेशमन्त्री इकुइना अकिकोसँग पनि शिष्टाचार भेट गरेकी थिइन्। गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई उनले धन्यवाद दिएकी थिइन् ।
त्यसैगरी, मन्त्री डा राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकि थिइन् ।
गत सोमबार जापान प्रस्थान गरेकी मन्त्री राणा पाँच दिने भ्रमण सकेर गएराति स्वदेश फर्केकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अन्य अधिकारीहरुले स्वागत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण