आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

शनिबार, १० जेठ २०८२, २२ : ३२
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा र अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • मृत्यु हुनेमा वीरेन्द्र यादवका छोरा सन्तोष यादव र बिहारी मण्डलका छोरा सागर मण्डल रहेका छन्, भने घाइतेको विराटनगरमा उपचार भइरहेको छ।

राजविराज ।  हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने  वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप