शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
समाचार

हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?

शनिबार, १० जेठ २०८२, २१ : ५०
शनिबार, १० जेठ २०८२

सारांश

  • अमेरिकाबाट नेपाल आएका हृदयेन्द्र शाह शनिबार नारायणहिटी पुगेका थिए।
  • हृदयेन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा व्यक्त गरेपछि ज्ञानेन्द्र उनलाई लिएर महेन्द्र मञ्जिल पुगे।
  • पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र युवराज हृदयेन्द्र सहितको परिवार महेन्द्र मञ्जिलमा रत्नलाई भेट्न गएका थिए।

काठमाडौँ । हालै अमेरिकाबाट नेपाल आएका हृदयेन्द्र शाह पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हुन् । उनै हृदयन्द्र पूर्वराजासँगै शनिबार नारायणहिटी पुगेका छन् । 

शनिबार आफ्नो हजुरबुवा पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष हृदयन्द्रले पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि ज्ञानेन्द्र उनलाई लिएर नारायणहिटी परिसरस्थित महेन्द्र मञ्जिल पुगेका हुन्।

पूर्वराजा सपरिवार बिहानै नारायणहिटी राजदरबार संग्रहालयस्थित ‘श्री चतुर्व्यूह नारायण धाम’ दर्शनका लागि पुगेका थिए। दर्शनपश्चात् उनीहरू महेन्द्र मञ्जिल पुगेको राप्रपाका नेता ऋषिराज देवकोटाले बताए ।  महेन्द्र मञ्जिलमा रत्नको बसोबास रहँदै आएको छ । 

रत्नकहाँ पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र युवराज हृदयेन्द्र सहितको परिवारको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप