सिन्धुलीमा लागुऔषधको ओसारपसारमा वृद्धि
सिन्धुली । सिन्धुली जिल्लामा लागुऔषधको कारोबार हरेक वर्ष वृद्धि हुँदै आएको छ । पछिल्लो समय सदरमुकामदेखि ग्रामीण क्षेत्रमा समेत लागुऔषधको उत्पादन, विक्री वितरण र प्रयोग हुन थालेको छ । यसबाट विशेषगरी किशोरकिशोरी तथा विद्यालयका विद्यार्थीहरु बढी प्रभावित भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चार वर्षको तथ्याङ्क हेर्ने हो भने पनि यस्को प्रयोगकर्ता तथा यसमा संलग्नको सङ्ख्या विस्तारै बढ्दै गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले लागुऔषध दुर्व्यसनी, व्यक्तिको मात्र नभई घरपरिवार, समाज र सिङ्गो राष्ट्रका लागि नै समस्या भएको बताए । उनका अनुसार गाँजादेखि नाईट्राभेट ट्यवलेट, स्पास्मोप्रोक्सिभन क्याप्सुल, नाइट्रोसन ट्यावलेट, फेनार्ग एम्पुल, डाईजापा एम्पुल, नोफिन एम्पुल जस्त लागुऔषधको कारोवार हुने गरेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा लागुऔषधका पाँच, २०७४/७५ मा १२, २०७५/७६ मा १४ र २०७६/७७ मा १३ वटा मुद्धा दर्ता भएको थियो । लागुपदार्थ दुर्व्यसनमा लागिसकेका व्यक्तिलाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने र लागुपदार्थको कारोबारीलाई कानूनवमोजिम कारवाही गराइएको प्रनाउ खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण