प्रहरीमाथि हातपात गरेको आरोपमा मुद्दा दायर
स्याङजा । प्रहरीले काममा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरेका आरोपमा एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ । वालिङ नगरपालिका –८ स्थित वालिङ मोडमा खटिएका प्रहरी हवल्दारमाथि हातपात गरेका आरोपमा वालिङ नगरपालिका ६ घर भई वालिङ –८ मा बस्दै आएका २७ वर्षीय प्रतीक गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्तमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूरअन्तर्गत अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयबाट आइतबार १५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राति प्रहरी हवल्दारले राति हिँडडुल नगर्न आग्रह गर्दा मदिरा सेवन गरेका गुरुङले कुटपिट गर्नाका साथै प्रहरीको बर्दीसमेत च्यातिदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण