मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

गीतकार बोहरालाई मातृशोक

मङ्गलबार, २३ भदौ २०७७, २० : ०६
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं । प्राज्ञ तथा अग्रज गीतकार उन्नती बोहरा शिलालाई मातृशोक परेको छ । गीतकार शिलाकी माता  पुष्पावती बुढामगरको मंगलबार बिहान ८७ वर्षको उमेरमा असामयिक निधन भएको हो ।
दिवंगत बुढामगर केही समय यताबाट महुमेह र उच्च रक्तचापबाट पीडित थिइन् । लतिलपुरको बागडोलस्थित आफ्नै बासस्थानमा आमाको निधन भएको प्राज्ञ शिलाले बताएकी छिन् । दिवंगत बुढामगरका उन्नतीसहित ३ छोरी र २ छोरा छन् । बुढामगरको मंगलबार दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको छ । 
गीतकार बोहरा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का ट्रस्टी एवं अनेसास नेपालका सल्लाहकार तथा शंकर लामिछाने प्रतिष्ठानका उपाध्यक्ष, महिला गीतकार संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक वरिष्ठ गीतकार तथा प्राज्ञ हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप