सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

बुधबार, २४ भदौ २०७७, १६ : ४९
बुधबार, २४ भदौ २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र  विभागीय प्रमुखसँगको संयुक्त बैठकमा मन्त्री भट्टराईले सो निर्देशन दिएका हुन् । उनले आन्तरिकतर्फ दुईवटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसेकेको र दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिए ।

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि लगानी कोष, सञ्चयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी मोडल तयार गर्न समेत  निर्देशन दिए । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजावाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्नुपर्नेमा जोड दिए । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेको बताउँदै उनले देशका विभिन्न २३ ठाउँमा रहेका अचल सम्पत्ति (जग्गा) लाई व्यवसायिक रुपमा उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे ।

त्यस्तै मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनैपनि क्रियाकलापमा संलग्न कर्मचारीलाई तत्काल कारवाही गर्न अध्यक्ष सुशील घिमिरलेलाई निर्देशन दिए । उनले विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्नुपर्नेमा जोड दिए । जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नुपर्नेमा उनको जोड थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप