सनराइज बैंकको ग्रिन पिन सेवा सुरु
काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु गरेको छ ।
यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ ।
ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँदा यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको बिश्वास छ ।
साथै, कागजि पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पूःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै कागजबिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण