सनराइज बैंकको ग्रिन पिन सेवा सुरु

काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु गरेको छ ।
यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ ।
ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँदा यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको बिश्वास छ ।
साथै, कागजि पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पूःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै कागजबिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य