हामेज चम्किँदा एभर्टनसँग हार्यो टोटनह्याम
डोमिनिक काल्भर्ट लेविनको उत्कृष्ट हेडरको मद्दतले एभर्टनले टोटनह्याम हटस्पर्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । लुकास डिन्येको फ्रिकिकमा गोल गर्दै लेविनले एभर्टनलाई टोटनह्यामविरुद्ध सन् २०१२ पछि पहिलो जीत दिलाए ।
निकै रोमाञ्चक खेलमा एभर्टनका गोलकिपर जोर्डन पिक्फोर्डले डेले अली र म्याट डोहेट्रीको दुईवटा प्रहारलाई जोगाएका थिए ।
खेलमा एर्भटनका नयाँ अनुबन्ध हामेज रोड्रिग्वेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । रियल म्याड्रिडका पूर्वमिडफिल्डर २.२ करोड पाउन्डमा यो सिजन क्लबसँग आबद्ध भएका हुन् । खेलमा उनले थुप्रै गोलको अवसर सिर्जना गर्न सफल भए । उनले खेल अवधिभर पाँचवटा गोलको अवसर सिर्जना गरेका थिए ।
पछिल्लोपटक प्रिमियर लिगमा आबद्ध भएका नयाँ खेलाडीले यति धेरै गोलको अवसर सिर्जना गरेका सन् २०१४ पछि पहिलो पटक हो । त्यतिबेला एलेक्सीस सान्चेजले आर्सनलका लागि ५ वटा गोलको अवसर सिर्जना गरेका थिए ।
5 - James Rodríguez is the first Premier League debutant to create at least five chances since Alexis Sanchez for Arsenal in August 2014. Dazzling. pic.twitter.com/sGkb0JWMmv
— OptaJoe (@OptaJoe) September 13, 2020
उता, जेमी भार्डीको दुई गोलको मद्दतले लेस्टर सिटीले वेस्ट ब्रोमिच आल्बियोनमाथि ३–० को जीत हासिल गरेको छ ।
खेलको ५६ औँ मिनेटमा टिमोथी कास्टाग्नेले लेस्टरलाई अग्रता दिलाएपछि खेलको अन्त्यत तिर भार्डीले दुईवटा पेनाल्टीलाई गोलमा परिणत गर्दै लेस्टरलाई लिगमा सुखद सुरुवात दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण