आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

मङ्गलबार, ३० भदौ २०७७, १४ : १७
मङ्गलबार, ३० भदौ २०७७

पोखरा । मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको निधन भएको छ । गए राती ११ बजेर २० मिनेट जाँदा उनको निधन भएको हो ।  भदौ २५ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शंका लागेर स्वाब जाँच जर्दा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार भदौ २८ गते उनलाई कोरोना पुष्टि भएको हो । 

पोखरा ९ का ७० वर्षीय ती पुरुष क्यान्सरका पनि दिर्घ रोगी थिए । यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३११६ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप