सिन्धुलीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला, इटहरी घर भएका २६ वर्षीय यादव ढुङ्गानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार यादवको दुर्घटनामा परी टाउकामा गहिरो चोट लागेको र थप उपचारका लागि सिरहाको फूलकुमारी अस्पताल कर्जनाहा अस्पतालमा लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो । उनी लघु उद्योग वित्तीय संस्था दुधौली शाखाको शाखा प्रमुखका रुपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै दुर्घटनामा मोटरसाइकल चालक बारा, निजगढ नगरपालिका –७ घर भएका २४ वर्षीय अनिल घिमिरेको हात र खुट्टामा सामान्य चोट लागेको र उनी आवश्यक उपचारपछि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । घिमिरे आरम्भ माइक्रो फाइनान्स दुधौलीमा कार्यरत रहेको बताइएको छ ।
यस्तै दुर्घटनामा साइकल चालक सिन्धुलीको दुधौली नगरपालिका –७ सुगारे बस्ने २३ वर्षीय रासलाल अधिकारीको अगाडिका पाँच दाँत भाँच्चिएको तथा हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मदन भण्डारी राजमार्गमा कटारीबाट दुधौलीतर्फ आउँदै गरेको लु ५८ प २६३८ अस्थायी नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल सुगारेमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण