बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना अपडेटः विश्वमा ९ लाख ४५ हजार भन्दा बढीको मृत्यु

बिहीबार, ०१ असोज २०७७, १९ : २०
बिहीबार, ०१ असोज २०७७

एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ४५ हजार ८६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा ३ करोड ७७ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १८ लाख २९ हजार २९ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७३ लाख ३ हजार ९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार २८२ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  

 कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् । अमेरिकामा ६८ लाख २९ हजार ६६४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४१ लाख २० हजार  १३३ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १ हजार ४०३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५१ लाख २२ हजार ८४६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ४० लाख २५ हजार ७९ कोरोना भाइरस मुक्त भएका छन् भने  ८३ हजार २५७ जनाको मृत्यु भएको छ ।  ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख २० हजार ३१२ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख ८५ हजार २८१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ  ८ लाख ९५ हजार ८६८ कोरोना भाइरस मुक्त भएका छन् भने १९ हजार ६१ जनाको मृत्यु भएको छ ।  पेरुमा ७ लाख  ४४ हजार  ४०० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८७ हजार ७१७ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३१ हजार ५१ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख ३६ हजार  ३७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख १० हजार ७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार ४७८ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ८० हजार ९३१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ८५ हजार २४ कोरोना भाइरस मुक्त भएका छन्  भने ७१ हजार ९७८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ५३ हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८४ हजार १९५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ७०५ जनाको मृत्यु भएको छ ।  स्पेनमा ६ लाख  १४ हजार  ३६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार २४३ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ५ लाख  ८९ हजार १२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४८ हजार२६३ कोरोना भाइरस मुक्त भएका छन् भने १२ हजार ११६ जनाको मृत्यु भएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप