आन्तरिक उडान खुलेसँगै गौतमबुद्ध विमानस्थलमा बढ्यो चलहपहल (फोटोफिचर)
बुटवल । सरकारको निर्णयपछि सोमबारदेखि आन्तरिक उडान सञ्चालनमा आएसँगै भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा चलहपहल सुरु भएको छ । झण्डै ६ महिना सुनसान रहेको विमानस्थालको आज आन्तरिक उडान सुरु भएसँगै चहलपहल सुरु भएको विमानस्थलका निर्देशक टेकराज पोखरेलले जानकारी दिए ।
आज विमानस्थलमा बुद्ध र यति एयरलाइन्सका तीन जहाजले उडान भर्नेछ । आज बुद्ध एयर दुईबटा उडान गर्ने तालिका रहेको बुद्ध एयरलाइन्स भैरहवामा प्रवन्धक दर्शन घिमिरले रातोपाटीलाई बताए ।
विमानस्थलका निर्देशक पोखरले सवै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर आन्तरिक उडान गरिएको बताए । सरकारले बनाएको मापदण्ड र डव्लुएचओको मापदण्ड भैरहवा विमानस्थलमा पालना भएको उनको भनाइ छ ।
उनले मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मुल गेटबाट नै प्रवेशमा रोक लगाउको लागि सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको बताए । यस्तै ज्वरो भएका व्यक्तिलाई विमान चढ्नका लागि रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण