भारतमा कोरोना: नयाँ संक्रमण घट्दै, निको हुने बढ्दै
एजेन्सी । भारतमा सोमबार एकै दिन १ लाखभन्दा धेरै बिरामी निको भएका छन् । सोमबार ७४ हजार ४ सय ९३ नयाँ व्यक्तिमा संक्रमण पुष्टि हुँदा १ लाख २ हजार ७० बिरामी निको भए । नयाँ संक्रमितको संख्या घट्नु र निको हुनेको संख्या बढ्नु सुखद् खबर हो । ५ दिनअघिसम्म भारतमा अवस्था भयावह थियो, त्यसबेला एकैदिन ९६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भयो ।
आइतबारसम्म भारतमा १० लाख ४ हजार २ सय ७२ जनामा सक्रिय संक्रमण थियो, सोमबार घटेर ९ लाख ७५ हजार ६ सय २३ पुगेको छ । यद्यपि, यस्तो सकारात्मक विकासका बाबजुद भारतमा कोरोनाको कहर नियन्त्रणमा भने छैन । यहाँ ५५ लाख ६२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि ५० लाखभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टि हुने भारत दोस्रो मुलुक हो । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । यहाँ अहिलेसम्म ८८ हजार ९ सय ६५ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित
-
पहिले भाडा तिर्ने पैसा थिएन, अहिले साउथका सुपरस्टार छन् यी अभिनेता
-
अस्ट्रेलियाबाट घर फर्केकाहरूको कथा समेटेर ‘फोटो प्रदर्शनी’
-
माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा बिस्तारमा जानुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
-
सलमानको ‘सिकन्दर’ मा रश्मिका मन्डन्नाको इन्ट्री
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री