सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने

बिहीबार, २७ वैशाख २०८१, १७ : ०९
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । गोपीकृष्ण चलचित्र घर अहिले पूर्ण रूपमा बन्द छ । हल बन्द भए पनि गोपीकृष्णले हरेक वर्ष वितरण गर्दै आएको ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ भने बाँडिने भएको छ । गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्रालीले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको पुरस्कार आउँदो जेठ १९ गते काठमाडौँमा बाँडिने जानकारी दिएको हाे ।

विज्ञप्तिमा उल्लेख भएअनुसार २३ प्रतिस्पर्धात्मक विधा र दीर्घ साधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा कार्यक्रममा पुरस्कृत र सम्मान बाँडिनेछ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ भन्ने नारा रहेको अवार्ड विसं २०६९ सालबाट सुरु गरिएको हो । यो पटकको अवार्डमा २०८० मा प्रदर्शन भएका चलचित्र सहभागी हुने पाउनेछन् ।

कार्यक्रम समारोहमा स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागिता रहने जनाइएको छ । ‘अवार्ड कार्यक्रमसँगै हामीले नेपाली र विदेशी चलचित्रको सहभागितामा जेठ २० मा ‘सुटिङ डेस्टिनेशन इन नेपाल’ शीर्षकमा छलफल गराउँदैछौँ । ‘हामी नेपाललाई चलचित्र छायाङ्कनको गन्तव्यको रूपमा विकसित गर्न यस्ता छलफल सहयोगी हुने विश्वास छ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्ता छन् ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ का विधा

१. ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

२. ‘शुभ’ सर्वोत्कृष्ट पार्श्व सङ्गीत गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

३. ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

४.‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

५. ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

६.‘किरण’ सर्वोत्कृष्ट गीतकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

७. ‘उदित’ सर्वोत्कृष्ट पार्श्व गायन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

८. ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङ्गीतकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

९. ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१०। ‘मञ्जु’ सर्वोत्कृष्ट छायाकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

११. ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१२. ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१३. ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१४. ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१५. ‘पुष्कर’ सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१६. ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१७. ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१८. ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

१९. ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

२०.‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

२१. ‘उद्धव’ दीर्घ साधना सम्मान गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

२२. ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

२३. ‘शिव’ सर्वोत्कृष्ट अभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

२४. ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

२५. ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप