सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सलमानको ‘सिकन्दर’ मा रश्मिका मन्डन्नाको इन्ट्री

बिहीबार, २७ वैशाख २०८१, १७ : ३०
बिहीबार, २७ वैशाख २०८१

नयाँ दिल्ली । बलिउडका भाइजान सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा रश्मिका मन्डन्नाको प्रवेश भएको छ । बिहीबार फिल्म निर्माताहरूले सामाजिक सञ्जाल पोस्टमार्फत यसको घोषणा गरेका हुन् ।

पोस्टमा रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गरिएको थियो । दुवैको अल–स्क्रिन जोडी हेर्न आतुर रहेको पोस्टमा भनिएको थियो । रश्मिकाले पनि ट्विट गर्दै लामो समयदेखि आफ्नो आगामी प्रोजेक्टबारे सोध्नेलाई सरप्राइज भन्दै आफूलाई सलमानको आगामी फिल्म सिकन्दरको हिस्सा बनाइएको धन्यवाद भनेकी थिइन् ।

सलमानले सुरु गरे फिल्मको सुटिङ

यसैबिच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो तस्बिर ‘सिकंदर’को सेटको हो । सलमानले यो फिल्मको सुटिङ सुरु गरिसकेको अनुमान गरिएको छ । तर यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने आएको छैन ।

यस फिल्ममा सलमान र रश्मिका पहिलोपटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता चर्चित फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता रहनेछन् । फिल्म आगामी वर्षको इदमा रिलिज गर्ने तयारी भइरहेको छ ।

कामको कुरा गर्ने हो भने रश्मिकाले ‘एनिमल’ र ‘पुष्पा’ जस्ता सुपरहिट फिल्म दिएकी छिन् ।  अभिनेताका रूपमा सलमानका पछिल्ला ४ फिल्म ठिकठाक रह्यो ‘राधे’ र ‘अन्तिम’ फ्लप रहे । ‘किसी का भाइ किसीकी जान’ ले औसत व्यापार गर्दा र ‘टाइगर ३’ चाँहि हिट भयो ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी र ‘किक जस्ता कयौँ हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा अघि मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा सँगै काम गरेका थिए । मुरुगादास सो फिल्मका लेखक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप