माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा बिस्तारमा जानुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बैंकहरुलाई यस्तो सुझाव दिएका हुन् ।
पूर्वअर्थमन्त्री खतिवडाले बैंकहरुबाट दुई सय वटा व्यवसायीहरूलाई मात्रै कर्जा थप गर्दै लगेको बताए । उनले बैंकहरुले २ सय उद्योगी व्यवसायीहरू माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताए । उनले १२ लाख नागरिक गरिबीको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसहरूलाई पैसा दिएको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरूलाई आफूतिर तान्न भिडभाड गरेर मात्रै सबै व्यवसायीहरूको पहुँचमा कर्जा पुग्न नसक्ने बताए । उनले बैंकहरुलाई कोल्याट्रलबेस फाइनान्सिङमा जान समेत आग्रह गरे । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताए । उनले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पुर्याउनै पर्ने स्ट्रेस पनि नदिन नहुने बताए । उनले बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गरे ।
पूर्वअर्थमन्त्री खतिवडाले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भएपनि खर्च बैंकहरुले गर्न आवश्यक रहेको बताए । उनले प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण