विश्वभर पछिल्लो ७ दिनमा करिब २० लाख कोरोना सङ्क्रमित थपिए
एजेन्सी । कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ । पछिल्लो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ (कोरोना) बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ ।
डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा १९ लाख ९८ हजार ८९७ व्यक्ति सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका अनुसार यो एक हप्ताको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या छ प्रतिशतले बढेको छ र यो महामारी सुरु भएदेखि कै उच्च सङ्क्रमण दर हो ।
विश्वमा मङ्गलबारसम्म कोभिड–१९ बाट तीन करोड १५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या नौ लाख ६९ हजार ७०० भन्दा बढी पुगेको डब्लुएचओले बताएको छ । पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा ७० लाख ४६ हजार २१६ रहेको छ भने दोस्रो धेरै सङ्क्रमित भएको मुलुक भारतमा ५५ लाख ६२ हजार ६०० भन्दा बढी पुगेको छ ।
अमेरिकामा सङ्क्रमितमध्ये दुई लाख चार हजार ५०६ को मृत्यु भइसकेको छ । त्यस्तै बढी मृत्यु भएका अन्य मुलुकमध्ये ब्राजिलमा एक लाख ३७ हजार ३५०, भारतमा ८८ हजार ९६५, मेक्सिकोमा ७३ हजार ७००, बेलायतमा ४१ हजार ७८८र इटलीमा ३५ हजार ७२४ व्यक्तिको महामारीका कारण ज्यान गुमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण