गुपचुप सारा !
काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा भित्रिएका आशालाग्दा अभिनेत्री मध्यकी एक हुन् सारा सिर्पाली । सुन्दरता र अभिनयका कारण छोटो समयमा राम्रो चर्चा बटुल्न सफल उनको फिल्मी करियर सोचेजस्तो उभो लाग्न सकेन ।
अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्म पनि निखिलकै साथ ‘पिंजडा ब्याक अगेन’ गरिन् । यी दुबै फिल्मले उनलाई ब्यवसायिक सफल भने दिलाउन सकेन । तर पनि उनको हातमा एकपछि अर्काे फिल्म परिनै रह्यो ।
तेस्रो फिल्मको रुपमा ‘सुश्री सम्पत्ति’ अभिनय गरेकी साराले यो फिल्मबाट पनि सफलता हात पार्न सकिनन् । यो फिल्म रिलिज समय फिल्मको कारणले भन्दा उनको चर्चा अनमोल केसीसँगको प्रेमको कारणले बढी भयो । अनमोलसँगको प्रेमलाई उनले भने हल्ला मात्र भएको बताएकी थिइन् ।
लगातार तीन फिल्म् दिएकी सारा अहिले गुपचुप बसेकी छन् । कोरोनाको कहरका समय कतिपय अभिनेत्रीहरु आफुले यतिवटा फिल्म साइन गरे, यतिवटा फिल्मका स्क्रिप्त पढ्दैछु भनेर प्रचार गरिरहेका छन् । उनी भने गुपचुप बसिरहेकी छन् । लकडाउन अगाडि फिल्म ‘गुञ्जन’ को छायांकन सकेर बसेकी उनी साइलेन्स बस्नुको पछाडि केही महत्वपूर्ण फिल्महरु हुन सक्ने अनुमान फिल्म क्षेत्रमा गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा