कपिलवस्तुमा ३७ किलो चरेससहित दुई महिला नियन्त्रणमा
बुधबार, ०७ असोज २०७७, १७ : ००
बुटवल । कपिलवस्तु प्रहरीले ३७ केजी चरेससहित कृष्णनगरबाट दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
सो नगरपालिकाको वडा २ स्थित कृष्णनगर बसपार्कबाट शंकास्पद रुपमा भारततर्फ जाँदै गरेको अवस्थामा सो परिमाणको चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनोहरी गाँउपालिका ९ की ४० वर्षीय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भइ हाल कपिलवस्तुको जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ वर्षीय बसन्ती घर्ती रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण