बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै मातहतका निकायमार्फत त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही अघि बढाउन र त्यसको कार्यप्रगति मन्त्रालयमा पठाउन भनेको छ । समाजमा घट्न सक्ने कुनै पनि घटनाका सम्बन्धमा पूर्व सूचना लिई अवाञ्छित गतिविधि हुन नदिन र घटना घटेमा तथ्यगत विष्लेषण गरी कानुन अनुसार कारवाही गर्न, दण्डनीय हुने फौजदारी कसुरका विषयमा मेलमिलाप नगराउन तथा प्रहरी कार्यालयमा कुनै छलफल र पञ्चायती नगर्न समेत भनेको छ ।
परम्पराको नाममा हुने अन्धविश्वास, रुढीबादी संस्कृतिका विरुद्धमा स्थानीय न्यायिक समिति, सम्बन्धित निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी वृहत सचेतना अभियान सञ्चालन गर्नसमेत मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण