बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओली राजमा जनताबाट निर्वाचित जेलमा, पराजित संसदमा हुँदो रहेछ’

नक्साबाट नेपाली भूमि उडाउनेहरू नै आज फेरि फिर्ता ल्याउँछु भनिरहेका छन् : राजेन्द्र महतोसँगको अन्तरवार्ता
शुक्रबार, ०९ असोज २०७७, ११ : ३७
शुक्रबार, ०९ असोज २०७७

काठमाडौँ । नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक शक्ति सन्तुलनको विषयमा कचिङ्गल भइरहेको छ । नेकपा र काँग्रेसजस्तै वैकल्पिक राजनीतिक शक्तिको उद्देश्य राखेको जनता समाजवादीभित्र पनि शक्ति सन्तुलनको विषय पेचिलो बनेको छ । जसपाले पार्टी एकता भएको ६ महिनासम्म पनि शीर्ष नेताहरूकै जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाउन सकेको छैन । पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबाहेक अन्य नेताहरू भूमिकाविहीन जस्तै छन् । पार्टीको साङ्गठनिक गतिविधिसमेत ठप्प छ । आन्तरिक भागबण्डामा रुमल्लिँदा राष्ट्रिय राजनीतिका मुद्दाबाट जसपा निरपेक्ष देखिएको छ । उसले उठाउँदै आएका विगतका मुद्दा पनि मुर्झाउन थालेको आभास हुन थालेको छ । यही परिस्थितिका विषयमा केन्द्रित रहेर जसपाका नेता राजेन्द्र महतोसँग कुराकानी गरिएको छ । प्रस्तुत छ महतोसँगको कुराकानीको सम्पादित अंश :

संविधान निर्माण प्रक्रियादेखि अहिलेसम्म तपाईंंहहरूको विमति कायमै छ । छैटौँ संविधान दिवससम्मको यात्रालाई कसरी हेरिराख्नु भएको छ ?

–संविधान देशको मूल कानुन हो । त्यही संविधानबाट देशका सम्पूर्ण जनताको भावनालाई समेटेर शासनलाई अगाडि बढाइन्छ । तर नेपालमा संविधानलाई मजाकका रूपमा बनाइएको र मजाकका रूपमा लिइएको छ । संविधानलाई जनताको आशाको केन्द्र बनाउने  काम अहिलेसम्म भएन ।  नेपालमा ६ वटा संविधान समाप्त भइसके । यो सातौँ संविधान पनि कुन दिन सकिने हो ठेगान छैन ।

यसको मूल कारण के हो जस्तो लाग्छ ?

– यसको मूल कारण भनेको नेपालमा संविधान मात्र फेर्ने काम भइरहेको छ, विचार र व्यवहार फेरिएको छैन । विचार र व्यवहार नफेरेपछि जति संविधान बनाए पनि के हुने हो र ? जति व्यवस्था फेरे पनि के हुने हो र ? जनताले  केही पाउने होइनन् । दुनियाँको सर्वोत्कृष्ट संविधानको आयु पनि १० वर्षमै सकिन्छ । ४८ सालको संविधानमा फुलिस्टप, कमा फेरिँदैन भनियो । अहिले त्यो संविधान कहाँ गयो कहाँ । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जनताको त्याग तपस्यापछि आएको हो । यो संविधान पनि सबै नेपाली जनताको संविधान बन्न सकेन । यो केही खास नश्लीय चिन्तन, सोच बोकेका निर्जातीय शासकीय अहङ्कारबाट ग्रसित झुन्डबाट आफ्नो स्वार्थ रक्षका लागि बनाइएको दस्ताबेज मात्र भयो । यो अवस्थामा संविधानको विरोध हुनु स्वाभाविक नै हो ।

यो संविधानमा हिमाल, पहाड र तराईका जनताले आफ्नो अनुहार हेर्न चाहन्थे । संविधानमा हाम्रा अधिकार र पहिचानाका कुरा समेटियोस भनेर मधेस, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम, खस, आर्यले आन्दोलन गर्नुभयो । तर सबैको संविधान बन्न सकेन । गोलाबारी भएर संविधान घोषणा भयो । आफ्नो देशको दुई तिहाइभन्दा बढी नागरिकलाई दमन गरेर संविधान जारी भएको हो । नेपालमा २७० वर्षदेखि अल्पमतको शासन बहुमतमाथि भइरहेको छ । नेपाल निर्माण गर्दा पृथ्वीनारायण शाहले नेपाल ४ वर्ण  ३६ जातको साझा फूलबारी भन्नुभयो । तर त्यसपछिको कुनै पनि शासकले ४ वर्ण  ३६ जातको साझा फूलबारी बनाउने प्रयास गर्यो ? गरेन ।

मधेस आन्दोलनपछि सरकारले ९० प्रतिशत माग पूरा गरिसक्यो भनेर तपाईं सरकारमा सहभागी हुनु भएको थियो । आज १० प्रतिशत माग पूरा गर्न संविधानमाथि यस्तो टिप्पणी किन ?

– मैले कहिल्यै यस्तो बोलेको छैन । यस्तो हुनै सक्दैन । हाम्रा ९० प्रतिशत माग पूरा भएको भए तीनवटा मधेस विद्रोश किन गरिन्थ्यो ? हाम्रा ९० प्रतिशत माग कहिले पूरा भयो ? यो मलाई थाहा छैन । मैले यस्तो भनेको पनि छैन । यो बकवास कुरा मात्र हो ।

छैटौँ संविधान दिवस मनाउँदै गर्दा केही नरम देखिनुभयो । यो पकट कालो दिवस पनि मनाउनु भएन । संविधानलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको हो ?

–यो संविधानमा हिमाल, पहाड र तराईका जनताले आफ्नो अनुहार हेर्न चाहन्थे । संविधानमा हाम्रा अधिकार र पहिचानाका कुरा समेटियोस भनेर मधेस, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम, खस, आर्यले आन्दोलन गर्नुभयो । तर सबैको संविधान बन्न सकेन । गोलाबारी भएर संविधान घोषणा भयो । आफ्नो देशको दुई तिहाइभन्दा बढी नागरिकलाई दमन गरेर संविधान जारी भएको हो । नेपालमा २७० वर्षदेखि अल्पमतको शासन बहुमतमाथि भइरहेको छ । नेपाल निर्माण गर्दा पृथ्वीनारायण शाहले नेपाल ४ वर्ण  ३६ जातको साझा फूलबारी भन्नुभयो । तर त्यसपछिको कुनै पनि शासकले ४ वर्ण  ३६ जातको साझा फूलबारी बनाउने प्रयास गर्यो ? गरेन । केही व्यक्ति विशेषको फूलबारी बनाउने प्रयास गरियो । त्यसैले जनता आफ्नो संविधान र शासकबाट सन्तुष्ट हुन सकेन । संविधान बनाउनुभन्दा अगाडि गरिएका सम्झौता रद्दीको टोकरीमा राखेर संविधान घोषणा गरियो । संविधान घोषणा गरिएको बेला पनि कालो दिवस भनियो । अहिले पनि कालो दिवसका नामा विरोध भइरहेको छ । यो ३ गते पनि विरोध भएकै हो ।

विगतमा संविधानप्रति प्रयोग गरिने भाष्य यो पटक परिमार्जन गर्नु भएको देखियो । हिजो संविधानप्रति हाम्रो असहमति छ भन्नुहुन्थ्यो, यतिबेला केही विषयमा असन्तुष्टि मात्र हो भन्न थाल्नुभएको छ । असहमतिबाट असन्तुष्टिमा पुग्दा संविधानमा के सुधार भयो ?

संशोधनका लागि दबाब दिँदा औचित्य र आवश्यकता आधारमा संशोधन हुन्छ भनिँदै आएको छ । तर कहिले पनि औचित्य र आवश्यकता आउँदैन । सरकारको यही रवैया रहने हो भने जसरी ६ वटा संविधान नास भए सातौँ संविधान पनि दुनियाँको कुनै शक्तिले जोगाउन सक्दैन । हामी थाकेका छैनौँ, थाक्दैनौँ पनि ।

–आन्दोलनका बेला आन्दोलनकारीको हिसाबले सडकमा त्यो भाषाको प्रयोग भयो । अधुरो, अपूरो, अपूर्ण संविधानलाई पूर्णता दिन संशोधन गर्नुपर्छ भनेर हामीले भन्यौँ । हामीले कहिले पनि यो संविधान पूर्ण रूपमा अस्वीकृत भनेका छैनौँ । जहाँ त्रुटि छ त्यहाँ संशोधनको गरौँ भनेका हौँ । संविधानलाई नै अस्वीकार गरिएको होइन । संविधानका गलत प्रावधानको विरोध गरिएको हो । संशोधन नहुन्जेल विरोध जारी रहन्छ ।

संविधान निर्माणको आधा दशकसम्म पनि संशोधन गराउन नसकेपछि थाक्नु भएको हो ?

–संशोधनका लागि दबाब दिँदा औचित्य र आवश्यकता आधारमा संशोधन हुन्छ भनिँदै आएको छ । तर कहिले पनि औचित्य र आवश्यकता आउँदैन । सरकारको यही रवैया रहने हो भने जसरी ६ वटा संविधान नास भए सातौँ संविधान पनि दुनियाँको कुनै शक्तिले जोगाउन सक्दैन । हामी थाकेका छैनौँ, थाक्दैनौँ पनि ।

संविधानप्रति जनता समाजवादी पार्टीको शाब्दिक लचकता देखिन्छ । जसलाई जसपाको सरकार यात्राको तयारीका रूपमा चर्चा गरिएको छ । यथार्थ कुरा के हो ?

–सरकारमा समाजवादी पार्टी गएकै थियो नि । चुनावपछि राजपालाई सरकारमा आउन आमन्त्रण गरिएकै थियो । तर हामीले पहिले संविधान संशोधन, रेशम चौधरीको रिहाइ, बन्दी रिहाइ, मुद्दा फिर्ता गरेपछि मात्र सरकारमा जान सकिन्छ भनेका थियौँ । मैले संसदको रोस्ट्रम र पार्टीका भिन्न फोरममा हामीले भनेका हौँ । हाम्रा कुराको सम्बोधन गरेको भए सरकारमा जाने थियौँ ।

२७० वर्षको शासनको चरित्रलाई फेर्नुपर्ने ठाउँमा हामी पुगेका छौँ । २७० वर्षको शासनको चरित्र एकल हो । एकल राष्ट्रिय राज्य निर्माण गर्न मिल्दैन । यो बहुल राष्ट्रिय राज्य हो । सबै नेपालका सांस्कृतिक चिन्तनमा राष्ट्रवादको निर्माण हुनपर्छ । तर नेपालमा नश्लीय राष्ट्रवादको निर्माण गरियो । तपाईं हाम्रो राष्ट्रवादलाई राष्ट्रवाद नमान्ने, मधेसीको राष्ट्रवाद नमान्ने, आदिवासीलाई राष्ट्रवाद नमान्ने, थारुको राष्ट्रवाद नमान्ने र नश्लीय भावनाबाट बनेको राष्ट्रवाद एकाङ्गी हुन्छ ।

यी माग पूरा भए भने जनता समाजवादी पार्टी सरकारमा जान तयार हो ?

त्यसो गरेको भए समाजवादी पार्टी सरकारबाट बाहिर किन निस्किन्थ्यो । अलिकति ज्वरो आयो भने सिटामोलले पनि पुग्दो रहेछ । समयमा सिटामोलको इलाज गरिएन भने टाइफाइड भएर जान्छ । अनि सिटामोलले काम गर्दैन । राजा ज्ञानेन्द्रले प्रतिगमन गर्दा सात दलले हाम्रो सिफारिसमा प्रधानमन्त्री त बनाइदेऊ भनेर राजालाई भन्न गएका थिए । सात दलको कुरा सुनिएन । त्यतिबेला मानिदिएको भए यो देशमा गणतन्त्र आउँदैन थियो । त्यतिबेला सानो माग थियो । मानेनन् अनि माग ठूलो हुँदै गयो । सात दल सडकमा हुँदा गणतन्त्रको एजेन्डा थिएन, निरङ्कुश राजतन्त्रको विरोध भनिएको थियो । पछि युवापिढीले ‘हामी केही जान्दैनौँ राजतन्त्र मान्दैनौँ’ भनेर नारा लगाएका थिए । अनि सडकले गणतन्त्र ल्याइदियो । पाकिस्तानमा भुट्टोलाई फाँसी दिइयो । विद्यार्थी आन्दोलनबाट जनमत सङ्ग्रह भयो । हिजोको जे माग थियो आज पनि त्यही रहन्छ भन्ने होइन । हिजो उठाएका कुरा आज गरिएर हुन्छ ? माग त समय सापेक्ष हुन्छ ।

यतिबेला तपाईंका मागको दायरा कति फराकिलो भयो त त्यसो भए ?

–२७० वर्षको शासनको चरित्रलाई फेर्नुपर्ने ठाउँमा हामी पुगेका छौँ । २७० वर्षको शासनको चरित्र एकल हो । एकल राष्ट्रिय राज्य निर्माण गर्न मिल्दैन । यो बहुल राष्ट्रिय राज्य हो । सबै नेपालका सांस्कृतिक चिन्तनमा राष्ट्रवादको निर्माण हुनपर्छ । तर नेपालमा नश्लीय राष्ट्रवादको निर्माण गरियो । तपाईं हाम्रो राष्ट्रवादलाई राष्ट्रवाद नमान्ने, मधेसीको राष्ट्रवाद नमान्ने, आदिवासीलाई राष्ट्रवाद नमान्ने, थारुको राष्ट्रवाद नमान्ने र नश्लीय भावनाबाट बनेको राष्ट्रवाद एकाङ्गी हुन्छ । हिमाल, पहाड र तराई मधेसका सम्पूर्ण नेपालीको सांस्कृतिक चिन्तन र भावनाबाट राष्ट्रवादको निर्माण हुनुपर्छ । एउटा जात, एउटा वर्ग र एउटा समुदायबाट राष्ट्रवाद बनिनु हुन्न । त्यसका लागि विचार र चिन्तन फेर्नुपर्छ ।

त्यसका लागि जनता समाजवादी पार्टीले आफूलाई कसरी अगाडि बढाउँछ ?

–मधेसी भनेको विदेशी हो । यो त राष्ट्रघाती हो भन्ने रोग नश्लीयहरूको दिमागमा बसेको छ । त्यो हटाउनुपर्छ । थारु भनेको केही होइनन् अधिकार माग्दा जेलमा कोचिदिनुपर्छ, आदिवासी केही होइनन् यी असभ्य हुन् भनेर शासक वर्गले हेयको दृष्टिले हेरेको छ । सबै नेपालीको आत्मारक्षा गर्नुपर्यो । त्यस अनुसारको पद्धति विकास गर्नुपर्यो । यो उद्देश्य प्राप्तिका लागि र बुहुराज्य स्थापनाका लागि जनता समाजवादी पार्टीले राष्ट्रियमुक्ति आन्दोलनको कल्पना गरिरहेको छ । यो देशमा हामीले छुट्टा छुट्टै धेरैवटा आन्दोलन गर्यौँ । राज्य पनि के गर्ने के गर्ने बडो अलमल भयो । कहिले मधेसीसँग सम्झौता गर्छ, कहिले थारुसँग सम्झौता गर्छ, दलितसँग सम्झौता गर्छ र विरोधाभास खडा गरिदिन्छ । अनि विभाजनको राजनीति गर्छ । अब यो देशमा जति आन्दोलन भइरहेका छन् त्यसलाई पूर्णता दिनुपर्छ । पहिले भएका आन्दोलनको पूर्णताका लागि अब नेपालमा अन्तिम आन्दोलन गर्नुपर्छ । जनता समाजवादी पार्टीले गर्ने राष्ट्रियमुक्ति आन्दोलनले अब यसअघिका आन्दोलनमा प्राप्त हुन नसकेका कुरा पूर्णता दिन्छ । जनता समाजवादी पार्टीको उदय यही प्रयोजनका लागि भएको हो । काँग्रेस र कम्युनिस्ट भन्दा पहिचान विरोधी शक्तिको विकल्पको खोजी भइरहेको छ ।

पहिचान र आत्मसम्मानको लडाइँ नेपालमा मात्र होइन विश्वभर चलिरहेको छ । फ्रान्सको क्रान्तिमा तीनवटा अवधारणा ल्याइएको थियो । त्योभन्दा पहिले फ्रान्समा दैविक शक्तिबाट शासन चल्ने हो भनिन्थ्यो । तर फ्रान्सको क्रान्तिले दैविक होइन मानवीय शक्तिले समानता, स्वतन्त्रता र आत्मगौरवका आधारमा शासन चलाउँछ भनिएको थियो । कुनै न कुनै हिसाबले समानता र स्वतन्त्रता प्रयोग भयो । तर आत्मगौरवलाई छोडियो । आज दुनियाँमा त्यसको खोजी भइरहेको छ । सबै नेपाली जनताले पनि आत्मगौरवको खोजी गरेका छन् ।

केपी ओलीको राज्यमा जनताबाट अत्यधिक मत पाएका मान्छे जेलमा, जनताबाट पराजित भएका मान्छे संसदमा हुँदा रहेछन् । रशेम चौधरी अधिकार पहिचानका लागि सङ्घर्ष गर्ने नेता हो । दुर्भाग्य रूपमा टीकापुरमा भएको घटनामा उहाँको उपस्थिति पनि थिएन ।

तपाईंहरूले गर्ने राष्ट्रिय मुक्ति आन्दोलनको स्वरूप कस्तो हुन्छ ?

–बिल्कुल शान्तिपूर्ण आन्दोलन गर्छौँ । आम जनताले अवज्ञा र विद्रोह गर्छन् । जनताले एकल अहङ्कारीय नश्लीय शासनको विरोध गर्छन् । तिमीलाई मान्दैन भन्छन् । हाम्रो आत्मगौरवको रक्षा गर भनेर आफ्नो राष्ट्रियता बोकेर जनताले विद्रोह गर्छन् । त्यसको नेतृत्व जनता समाजवादी पार्टीले गर्छ ।

–यस्तो भनिरहँदा पहिचानका लागि आन्दोलन गरेका तपाईंकै पार्टीका नेता जनताबाट निर्वाचत भएर पनि जेलमा बस्नुपरेको छ । उहाँको रिहाइका लागि केकस्तो पहल गरिराख्नु भएको छ ?

–केपी ओलीको राज्यमा जनताबाट अत्यधिक मत पाएका मान्छे जेलमा, जनताबाट पराजित भएका मान्छे संसदमा हुँदा रहेछन् । रशेम चौधरी अधिकार पहिचानका लागि सङ्घर्ष गर्ने नेता हो । दुर्भाग्य रूपमा टीकापुरमा भएको घटनामा उहाँको उपस्थिति पनि थिएन । मधेस आन्दोलनमा त्यत्रो मान्छे मारिएको होइन ? माओवादी आन्दोनलमा १७ हजार मान्छे मारिएको होइन ? कति प्रहरी र सेना मारेर गृहमन्त्री भएर बस्नुभएको छ ? उनीहरूको नाइके प्रधानमन्त्री हो ? झापा आन्दोलनमा बञ्चरोले मान्छेको टाउको काट्ने प्रधानमन्त्री केपी ओली होइन ? अनि अधिकार र पहिचान माग्ने त्यो थारु जेलमा ?

रेशम चौधरीलाई छुटाउन अहिलेसम्म तपाईंहरूले के पहल गर्नुभयो ? प्रश्न यहाँनिर उठेको छ ।

–हामीले संसदको रोस्ट्रम घेराउ र सडकबाट सुरुदेखि नै आग्रह गरेको हौँ । दबाब दिएको हौँ । सरकारले समय समयमा छोड्छु पनि भनेको हो । यही संविधान दिवसको अवसमा पनि छोड्छु भन्ने आश्वासन पाएका थियौँ । तर रोकियो ।

रोकिनुको कारण के हो ?

–केपी ओलीलाई सोध्नुहोस् । हामीले पार्टीका तर्फबाट ज्ञापनपत्र पनि बुझायौँ । गृहमन्त्रीको नाममा चिठ्ठी समेत लेखेर दियौँ । हामीलाई छुट्छ पनि भनिएको थियो । न छोडियो न कुनै जवाफ दिइएको छ । अब यसका लागि आन्दोलन गर्नुको विकल्प छैन भन्ने लाग्छ ।

वर्तमान सरकारको मध्यावधि समीक्षा भइरहेको छ । प्रधानमन्त्रीलाई तपाईंले विश्वासको मत पनि दिनुभएको थियो । पछि फिर्ता लिनुभयो । यतिबेला विपक्षीको कित्ताबाट सरकारको मध्यावधि समीक्षा कसरी गरिराख्नु भएको छ ?

–जनताले आशा विश्वासका साथ दुई तिहाइ पुर्याइदिएका थिए । केपी ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउँछु भन्नुभएको थियो । जनताको घरघरमा ग्यासका पाइपलाइन जोडिन्छ । पानीजहाज, रेल केके  आउँछ भनिएको थियो । संविधान संशोधन हुन्छ, सबैले अधिकार पहिचान पनि पाउँछन्, त्यसका लागि दुई तिहाइ चाहियो भनियो । दुई तिहाइ दिँदा पनि जनताले के पाए ? साढे दुई वर्ष खेर गयो ? आज सबै जनता असन्तुष्ट छन् । सरकार काण्डै काण्डैले भरिएको छ । कोरोना महामारीमा पनि भ्रष्टाचारमा लिप्त भए । प्रधानमन्त्रीले ‘भ्रष्टाचार गर्न पनि दिन्न, आफू पनि गर्दिनँ’ भन्नुहुन्छ । यहाँ गर्न पनि दिने आफू पनि गर्ने उल्टो भइरहेको छ । यो सरकार उखान र टुक्कामै चलिरहेको छ ।

रिब दुई तिहाइ ल्याएको कम्युनिस्टले हो । उसको विकल्पमा प्रमुख प्रतिपक्षी काँग्रेस थियो । काँग्रेसले कम्युनिस्टको विकल्पमा उभ्याउनुपथ्र्यो । तर अबको १० वर्षमा काँग्रेस रसातलमा जाने बाटो बनाइरहेको छ । यो अवस्थामा जनता चिन्तित छन् । जनतालाई लोकतान्त्रिक वैकल्पिक शक्ति चाहिएको छ । त्यो यो देशको तेस्रो र चौथो शक्ति मिलेर विकल्प दिने प्रयास गरेका छन् । नेपाली जनताको आकाङ्क्षा पूरा गर्न काँग्रेस र कम्युनिस्टको विकल्प दिन्छौँ पनि ।

सरकारबारे तपाईंले निराशाको चित्र देखाउनु भयो । के अब फ्रेसनेसका लागि मुलुकमा मध्यावधि चुनावको आवश्यता देखिएको हो ?

–अब सरकार फेर्ने कुरा मात्र छैन । निराश भएका जनता सडकमा आएको दिन केके फेरिदिन्छन्, केके फेरिदिन्छन् ।

सरकारले जनतामा आशा जगाउने ढङ्गले काम गर्न सकेन । प्रमुख प्रतिपक्षीले आफूलाई भरोसायोग्य बनाउन नसकेको अवस्था छ । जसपासँग पनि जनतामा आशा जगाउने योजना र कार्यक्रम त अहिलेसम्म केही देखिएन नि ?

–करिब दुई तिहाइ ल्याएको कम्युनिस्टले हो । उसको विकल्पमा प्रमुख प्रतिपक्षी काँग्रेस थियो । काँग्रेसले कम्युनिस्टको विकल्पमा उभ्याउनुपथ्र्यो । तर अबको १० वर्षमा काँग्रेस रसातलमा जाने बाटो बनाइरहेको छ । यो अवस्थामा जनता चिन्तित छन् । जनतालाई लोकतान्त्रिक वैकल्पिक शक्ति चाहिएको छ । त्यो यो देशको तेस्रो र चौथो शक्ति मिलेर विकल्प दिने प्रयास गरेका छन् । नेपाली जनताको आकाङ्क्षा पूरा गर्न काँग्रेस र कम्युनिस्टको विकल्प दिन्छौँ पनि ।

छिमेकी मुलुक भारतद्वारा नेपालको सीमा अतिक्रमण भइरहेको छ । यो समस्या समाधान गर्न सरकार उदासीन देखिनुलाई कसरी हेरिराख्नु भएको छ ?

–हाम्रो कस्तो राष्ट्रवादी सरकार हो ? सबै जनताले कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याऊ भनेपछि एकै स्वरमा संसदमा संविधान संशोधन पारित गर्यौँ । नेपाली भूमि फिर्ता ल्याइन्छ भनेर नेपाली जनता आशा मानेर बसे । खोइ त जमिन फिर्ता ल्याएको ? त्यो फिर्ता आउने कुराभन्दा पनि यहाँ भएको भूमि पनि गुम्न लागिसक्यो ।

यो कस्तो राष्ट्रवादी सरकार हो ? मिचिएको भूमि फिर्ता ल्याउन जनताले साथ दिँदा पनि कानमा तेल हालेर बसिरहेको छ । मैले त्यतिबेला भनेको थिएँ– यो प्रस्ताव भूमि फिर्ता गर्न आएको हो कि सरकार जोगाउन ? चौतर्फी असफल भएर जनताको आँखामा छारो हाल्न यो प्रस्ताव आएको हो कि प्रधानमन्त्रीजी भनेर मैले रोस्ट्रमबाट भनेको थिएँ । जनताले भनिरहेका छन् – आफ्नो भूमि ल्याउँछ कि ल्याउँदैन ? महाकाली सन्धी गर्ने यिनीहरू नै हुन् । राष्ट्रघात गर्ने देश बेचुवा यिनीहरू नै हुन् । नक्साबाट उडाउने यिनीहरू नै हुन् । आज फेरि नक्सा बनाएर ल्याउँछु भनिरहेका छन् ।

उखान र टुक्का दिने कुर्सी जोगाउने यत्ति काम हो क्या । योभन्दा बढी कामको आशा पनि नगर्नु होस् । ‘सत्यमेव जयते, सिंहमेव जयते’ भन्दै अन्टसन्ट कुरा गरेर जमिन फिर्ता आउँछ ? वार्ताको माहोल बिगारे पनि कसरी जमिन फिर्ता आउँछ । हामी युद्ध लड्न सक्ने अवस्थामा पनि छैनौँ । आफ्नो प्रमाण लिएर वार्तामा बस्ने माहोल बनाउनुभन्दा वार्ताको माहोल बिथोलिदियो । वार्ताको माहोल बिथोली दियो भने त भारत वार्तामा आएन भनेर दिँदै दिएन भन्न पाइहाल्यो नि ? अहिले त्यही भइरहेको छ ।

तर यी देश बेचुवाले ल्याउँछन् कि ल्याउँदैनन् भनेर जनताले प्रश्न गरेका थिए । अहिलेसम्म सरकारले भूमि फिर्ता ल्याउन वार्ता र संवाद पनि गरेको छैन । यही हो राष्ट्रवाद ? अब जनताका आँखामा छारो हाल्नेलाई नाङ्गेझार पार्नुपर्छ । नेपाली जनताले राष्ट्रघातीलाई टुँडिखेलमा नझुन्ड्याएसम्म राष्ट्रघात बन्द हुँदैन । देशलाई बरबाद र जनता बेकुप बनाउनेलाई खोजी खोजी टुँडिखेलमा झुन्ड्याउनुपर्छ ।

‘सत्यमेव जयते, सिंहमेव जयते’ को पाठ सिकाउने प्रधानमन्त्रीलाई भूमि फिर्ताका लागि के कुराले रोकेको छ जस्तो लाग्छ ?

– उखान र टुक्का दिने कुर्सी जोगाउने यत्ति काम हो क्या । योभन्दा बढी कामको आशा पनि नगर्नु होस् । ‘सत्यमेव जयते, सिंहमेव जयते’ भन्दै अन्टसन्ट कुरा गरेर जमिन फिर्ता आउँछ ? वार्ताको माहोल बिगारे पनि कसरी जमिन फिर्ता आउँछ । हामी युद्ध लड्न सक्ने अवस्थामा पनि छैनौँ । आफ्नो प्रमाण लिएर वार्तामा बस्ने माहोल बनाउनुभन्दा वार्ताको माहोल बिथोलिदियो । वार्ताको माहोल बिथोली दियो भने त भारत वार्तामा आएन भनेर दिँदै दिएन भन्न पाइहाल्यो नि ? अहिले त्यही भइरहेको छ ।

सरकारले त नयाँ नक्सा जारी गर्ने कुरालाई महान् उपलब्धिका रूपमा प्रचार गरिरहेको छ । तपाईं जनतालाई बेवकुफ बनाइयो भन्नुहुन्छ ?

–जनतालाई बेवकुफ बनाइएको नै हो । अब नेपाली जनता ठगिनेवाला छैनन् । नेपाली जनताले असली चेहेरा देखिसकेका छन् । मौका कुरेर बसिरहेका छन् । कति राष्ट्रवादी हो, कति सुशासन चाहने व्यक्ति हो, कति ‘समृद्ध नेपाली सुखी नेपाली’को चाहना राख्ने मान्छे हो, यो पार्टी यो सरकार नेपाली जनताले बुझिसकेका छन् । जनता विकल्पको खोजी गरिरहेका छन् । त्यसको प्रयोजनका लागि जनता समाजवादी पार्टी निर्माण भएको छ ।

वैकल्पिक पार्टीका रूपमा जनता समाजवादीको स्थापना भएको भनिरहनुभएको छ । पार्टी एकताको ६ महिनासम्म केन्द्रीय समितिसमेत बनाउन सकिराख्नुभएको छैन । यस्तो तौरतरिकाबाट वैकल्पिक शक्ति बन्छ भनेर कसरी पत्ताउने ?

कोरोना महामारीका कारण हाम्रो सारा गतिविधि ६ महिनादेखि बन्द छ । भेटघाट र कुराकानी पनि गर्न अप्ठ्यारो छ । कोरोनाकै बीचमा पार्टी एकता गरेका हौँ । अहिले जेजति गरिरहेका छौँ, त्यो पनि बढी गरेका हौँ । अब तीव्र गतिमा काम हुन्छ । समायोजनको विधि निर्माण गरिसकेका छौँ । चाँडोभन्दा चाँडो केन्द्रीय समिति घोषणा गर्छौं । अन्तिम गृहकार्य भइरहेको छ । सङ्घीय परिषद् बन्छ । अन्य समिति बन्छ । प्रान्तीय समिति समायोजन हुन्छ । जिल्ला, पालिका वडासम्म भटाभट काम गर्ने हाम्रो आन्तरिक योजना भइरहेको छ ।

तपाईंले कोरोना कहरलाई देखाए पनि पार्टी एकता प्रक्रियामा समस्याको पहाडका रूपमा राजपा खडा भइरहेको भन्ने छ नि ?

त्यो केही पनि होइन । यो वाहियात कुरा हो । परिस्थितिले साथ दिरहेको छैन । हिजो मात्र राजपाको तर्फबाट केन्द्रीय सदस्यको सूची टेबलमा आयो । त्यसमा अन्तिम छलफल गर्दैछौँ । हिजो समाजवादीले पनि अन्तिम छलफल गर्यो । ५–१० दिनमा केन्द्रीय समिति बन्छ । कार्य विभाजन पनि हुन्छ । यो रोकिएको सबै काम १०–२० दिनमा सकिन्छ । दशैँ–तिहारपछि हामी सघन रूपमा देशव्यापी सङ्गठन निर्माण र पार्टी प्रवेशको गतविधि दु्रतगतिमा अगाडि बढाउँछौँ ।

कमिटी समायोजनको टुङ्गोसँगै शीर्ष नेता व्यवस्थापनको चुनौतीलाई कसरी हल गर्ने तयारी गरिराख्नुभएको छ ?

– यो काम गर्न बाँकी छ । सबैको व्यवस्थापन हुन्छ । ५१ जनाको कार्यकारणी समिति बनाएका छौँ । ५१ जनाकै कार्यविभाज चाँडै गर्छौं । सम्मान, प्रतिष्ठा र दायित्व सबै नेताले पाउने गरी उपायको खोजी हुँदैछ । वडादेखि केन्द्रसम्म सबै नेताले काम पाउनुहुन्छ ।

शीर्ष नेतृत्वमा देखिएको पदीय महत्त्वकाङ्क्षाका कारण कामले गति लिन नसकिरहेको कुरा पनि त आइरहेको छ ?

–काम नटुङ्गिएसम्म त यो भन्न पाइन्छ नै । तर त्यो होइन । पहिला दुई पार्टीको समायोजन गर्छौं । त्यसपछि समावेशी चरित्रको पार्टी कमिटी बनाउँछ । हामीले काँग्रेस कम्युनिस्ट जस्तो त देखिनु भएन नि ! त्यही अनुसार सबैको वर्ग र क्षेत्रको प्रतिनधिनित्व गराउँछौँ । 

जनता समाजवादी पार्टी निर्माणको प्रमुख सूत्रधार मध्ये तपाईं पनि एक हो । अब जसपाको संसदीय फाँटको नेतृत्वमा तपाईंको दाबी हो ?

–हामी सबैको कार्यविभाजन हुन बाँकी छ । हामी सबै काम सहमतिबाट गर्ने प्रयास गर्दैछौँ । कार्यविभाजनमा पार्टीले मलाई पनि केही जिम्मेवारी दिनसक्छ । संसदकै जिम्मेवारी दिन सक्छ । पाएको जिम्मेवारी अनुसार काम गर्छु । संसदीय दलबाट सहमतिमा संसदीय दलको नेता चयन हुन्छ । निर्वाचनाबाट चयन गर्ने अवस्था आउँदैन ।

जपसामा अर्को पेचिलो विषयका रूपका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको व्यवस्थापनलाई पनि हेरिएको छ । उहाँको कसरी व्यवस्थापन हुन्छ ?

–जसपामा डाक्टरपासका लागि पार्टीको पद त्यसै पनि सानो हो । जुनसुकै पदमा गएर पनि काम गर्ने व्यक्तित्व, हैसियत र क्षमता छ उहाँसँग । उहाँका लागि कसैले प्रश्न उठाउँछ भने त्यो गलत काम हो । समाजवादीमा डाक्टरपास सङ्घीय परिषद्को अध्यक्ष हुनुहुन्थ्यो । जसपामा पनि उहाँलाई सङ्घीय परिषद्को अध्यक्ष बनाउने कुरा छँदैछ । सङ्घीय परिषद्को अध्यक्ष भनेको पार्टी विधानमा सबैभन्दा माथि राखिएको स्थान हो । उहाँ स्वेच्छा वरिष्ठ नेतामा हुनुहुन्छ । दुनियाँलाई सन्देश दिनलाई पनि उहाँले त्यो गर्नुभएको हो ।

पहाडिया बाहुनको छोरो कुनै मधेसी जनजाति, दलितलाई नेता मान्न कोही तयार भएको छ ? छैन नि ! उहाँले पार्टी दर्ता गर्दा सन्देश दिन चाहनुभयो । गरेर पनि देखाइ दिनुभयो । उहाँका लागि कुनै पद वा स्थानमा केही समस्या छैन ।

राजेन्द्र महतोको माग जहाँबाट आउँछ त्यहीँबाट चुनाव लडिदिन्छ । मेरो गृहजिल्लाको निर्वाचन क्षेत्रमा पनि मेरो पार्टीले जितेको छ । प्रदेश २ को राजधानी धनुषाबाट लड्नुपर्छ भन्ने माग भयो गएको निर्वाचनमा त्यहाँ गएँ । अर्को चुनावमा पार्टीले जहाँ खटाइदिन्छ त्यही ठाउँमा गएर लड्नुपर्छ । मलाई देशको कुनै पनि ठाउँमा उम्मेदवार भएर जान केही समस्या छैन ।

जनता समाजवादी पार्टीले प्रदेश २ को सरकार सञ्चालनको रणनीति केकस्तो बनाइराखेको छ ? सरकार परिवर्तनको सम्भावना कति छ ?

प्रदेश २ सरकारको हामी समीक्षा गर्छौं । काम जुन हिसाबले हुनुपर्ने हो त्यो हिसाबले भएन । केन्द्रमा पार्टी समायोजनको काम सकिसकेपछि प्रान्तीय सरकारबारे समीक्षा गरेर निर्णय लिन्छाँै । प्रदेश २ को सरकारलाई उदाहरणीय कसरी बाउन सकिन्छ भन्ने हाम्रो मानमा छ । अहिले चलको हिसाबले चलाउनु हुँदैन त्यो राम्रो पनि हुँदैन ।

आगामी आम निर्वाचनमा तपाईंका लागि निर्वाचन क्षेत्र छनोटको सकस हुने चर्चा हुने गरेको छ । कहाँबाट चुनाव लड्ने मनसाय बनाउनुभएको छ ?

–राजेन्द्र महतोको माग जहाँबाट आउँछ त्यहीँबाट चुनाव लडिदिन्छ । मेरो गृहजिल्लाको निर्वाचन क्षेत्रमा पनि मेरो पार्टीले जितेको छ । प्रदेश २ को राजधानी धनुषाबाट लड्नुपर्छ भन्ने माग भयो गएको निर्वाचनमा त्यहाँ गएँ । अर्को चुनावमा पार्टीले जहाँ खटाइदिन्छ त्यही ठाउँमा गएर लड्नुपर्छ । मलाई देशको कुनै पनि ठाउँमा उम्मेदवार भएर जान केही समस्या छैन ।

त्यसो भए आगामी निर्वाचनमा तपाईंलाई पहाडबाट उम्मेदवार भएको देख्न पाइन्छ ?

–पार्टीले पहाडामा खटाए पहाडमा जान्छु, मधेसमा खटाए मधेसमा जान्छु । मधेसमा जति मेरो खोजी छ, त्योभन्दा बढी पहाडमा पनि छ । जनता समाजवादी पार्टीलाई राष्ट्रिय शक्ति बनाउनुछ । हामी पहाड र मधेस भनेर बस्दैनौँ ।

मधेसबाट पहाडी मूलका नेताहरूले बारम्बार चुनाव जितेको पाइन्छ । अब मधेसी मूलको नेताले पहाडबाट चुनाव जित्ने माहोल जसपाले खडा गर्छ ?

यो काम नश्लीय चिन्तन बोकेका काँग्रेस र कम्युनिस्टबाट भएन । उनीहरूले उदहारण प्रस्तुत गर्न सकेनन् । अहिलेसम्म पहाडबाट मधेसको मान्छे चुनाव जितेर आउनै सक्दैन भन्ने प्रमाण काँग्रेस र कम्युनिस्टले दिए । त्यो धब्बा अहिलेसम्म कामय छ । मधेसमा त्यो धब्बा लागेन । कृष्णप्रसाद भट्टराई, प्रचण्ड, केपी ओली, मधव नेपाल लगायत सारा नेताले मधेसबाट चुनाव जिते । मधेसमा पहाडीले चुनाव जित्न सक्दैनन् भन्ने धब्बा लगाउने काम भएन । त्यो सम्भव पनि छैन । तर पहाडमा यी काँग्रेस र कम्युनिस्टले धब्बा लाइरहेका छन् । सङ्गठन यिनीहरूको थियो । उनीहरूले आफ्नै पार्टीबाट मधेसी– थारुलाई पहाडबाट निर्वाचित गराएर ल्याइदिएको भए त्यो आरोप र धब्बा लाग्ने थिएन । अब त्यो धब्बालाई मेटाउने प्रयास जनता समाजवादीले गर्छ । हामी त्यो हिम्मत गर्छौं । जितेर पनि देखाउँछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप