आईपीएल : शुभमन नायक बनेपछि कोलकाताद्वारा हैदरावाद पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा सफलतापूर्वक पछ्यायो ।
कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्वाधिक ७० रनको योगदान दिए । आईपीएलमा पाँचौ अर्धशतक लगाएका उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै, इयोन मोर्गनले ४२ रन बनाउँदै गिललाई राम्रो साथ दिए । दुवैले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरे ।
लक्ष्यलाई पछ्याउने क्रममा कोलकाताको शुरुवात भने खराब रह्यो । ओपनर सुनील नरेन खलील अहमदको बलमा शुन्यमा आउट भए । त्यसपछि नितिश राणाले पारी सम्हाल्दै २६ रन बनाएर आउट भए । कप्तान दिनेश कार्तिकले पनि खाता खोल्न सकेनन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ५१ रन बनाए । उनको यो १६ औँ अर्धशतक थियो । त्यस्तै कप्तान डेविड वार्नरले ३६ र ऋद्धिमान साहाले ३० रन बनाए ।
आइतबार राजस्थान रोयल्स र किंग्स इलेवेन पञ्जाबबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण