कंगनामाथि भड्किए आदित्य पंचोली, भने – उनले माफी माग्नुपर्छ कि जेल जान तयार हुनुपर्छ
एक अन्तर्वार्तामा कंगना रनौतले ऋतिक रोशन, आदित्य पंचोली र करन जोहरमाथि थुप्रै आरोप लगाएकी थिइन् । कंगनाका अनुसार आदित्यले उनलाई शारिरिक चोट पुर्याएका कारण उनीबाट भागेर होटलमा बस्न थालिन् । जसपश्चात् आदित्यले पनि यसको जवाफ दिएका छन् ।
उनले भने, ‘उनी पागल हुन् । के गर्न सकिन्छ र ? के तपाईंले अन्तर्वार्तामा हेर्नुभयो ? तपाईंलाई लागेन कि कुनै पागल युवतीले कुरा गरिरहेकी छिन् ? यसरी कसले कुरा गर्छ ? हामी यति धेरै वर्षदेखि यो उद्योगमा छौं । आजसम्म कसैले पनि कसैबारे यस्तो कुरा गरेको छैन । हुन त तपाईं फोहोरमा ढुङ्गा फ्याँक्नु हुन्छ भने तपाईंकै कपडा फोहोर हुन्छ । ’
कानूनी एक्सन लिनेछुः
यसका साथै, आदित्य पंचोली भन्छन्, ‘कंगनाले झुटो बोलिरहेकी छिन् त्यकारण म मानहानीको कानूनी एक्सन लिनेछु । यदि उनले साँचो कुरा बोलिरहेकी छिन् भने मलाई जेल पठाइयोस् र यदि म साँचो छु भने उनलाई जेल हालियोस् । ’
उनी थप्छन्, ‘अरुबारे त मलाई थाहा भएन तर मेरा बारे उनले जे भनिन् त्यो सबै झुटो हो । उनले मैले यी सबै कुरा गरेको छु भनेर पुष्टि गर्नुपर्ने हुन्छ । उनले मसँग माफी माग्नुपर्छ । मेरो परिवार उनको कुराले निकै प्रभावित भएको छ । उनका अनुसार सबैजना भिलेन हुन् र उनीमात्र एक राम्री व्यक्ति हुन् ।’
वास्तवमा फिल्म ‘सिमरन’ को प्रोमोशनका लागि कंगना इंडिया टिभीको कार्यक्रम ‘आपकी अदालत’ पुगेकी थिइन् जहाँ उनले ऋतिक रोशन र आदित्यबारे निकै खुलेर कुरा गरेकी थिइन् भने उनीमाथि सनसनीपूर्ण आरोप लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण