‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने
एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो ।
शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो । गुगलका एक प्रवक्ताले भनेका छन्, ‘विगतमा एक सय जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको छ ।
उनले ‘गुगल मिट’ को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको र गरिएमा जानकारी गराउने पनि स्पष्ट पारेका छन् । उनका अनुसार ‘गुगल मिट’ मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी एउटै डोमिनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्न पनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ । यस्तो सेवा व्यवसायिक उपभोगक्ताहरूलाई मात्रै उपलब्ध हुने पनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्तै माध्यमहरूको प्रयोग बढेको छ । अनलाईनमार्फत् बैठक तथा कार्यक्रमहरू गर्नका लागि गुगल मिट जस्तै जुम पनि लोकप्रिय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण