अपडेट
एकैदिन ३३ अर्ब सरकारी भुक्तानी
शुक्रबार, २६ असार २०८३, ०८ : १९
सारांश
- आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्बको भुक्तानी दिएको छ ।
- सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
- यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्बको भुक्तानी दिएको छ ।
सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण