मिलन सर फिल्म कहिले बनाउने ?
काठमाडौं । पछिल्लो समय लगातार फिल्म दिने निर्देशक मध्येका एक मिलन चाम्स पनि हुन् । गतबर्ष उनका केही फिल्म लगातार समेत रिलिज भए । अहिले पनि चाम्सको रफ्तार उस्तै छ । अहिले फिल्मी निर्माणको वातावरण त छैन । तर पनि उनी एकपछि अर्काे फिल्म घोषणा गरिरहेका छन् ।
लकडाउनकै समय फिल्म छायाँकनका लागि लोकेशन हेर्न चितवन, दमौलीलगायत पुगेका चाम्सका केही अघि घोषणा भएका दुई फिल्म ‘गोर्खा वारियर’ र ‘बिर बिक्रम २’ निर्माण हुन बाँकी रहेका छन् । ‘गोर्खा वारियर’का लागि प्रशान्त तामाङ, वर्षा शिवाकोटी जस्ता कलाकार समेत छनौट भएका थिए । तर, उनले अहिले एक नयाँ फिल्मका लागि भन्दै अभिनेत्री साम्राज्ञीसँग सम्झौता गरिसकेका छन् ।
‘गोर्खा वारियर’ र ‘बिर बिक्रम २’ र अहिले साम्राज्ञी अनुबन्धित भएको सहित अहिले मिलनको घोषणा भएको तीन फिल्म भएको छ । तर एक पनि फिल्मको शुभ–मुर्हूत, छायाँकनलगायत काम अगाडि बढ्न सकेको छैन । सबै फिल्मको काम घोषणा र होमवर्कमा मात्र सिमित हुन पुगेको छ । एकपछि अर्काे फिल्म घोषणा मात्र गरिरहेका चाम्सको यो शैली कायम नै रहने हो भने एक दिन उनलाई दर्शकले प्रश्न गर्ने छन् । मिलन सर फिल्म कहिले बनाउने ? कि घोषणा मात्र गर्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण