रियलको अपराजित यात्रा जारी
भिनिसियस जुनियरको एक मात्र गोलको मद्दतले रियल भालाडोलिडलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ ।
घरेलु मैदान बाहिर खेलिएका दुई खेलबाट ४ अंक बटुलेको रियललाई आफ्नो घरेलु मैदानमा खेलिएको सिजनको पहिलो खेलमा लय पक्रन केही समय लागेको थियो ।
भालाडोलिडको गोलकिपर रोबर्टोले फेडेरिको भालभर्डे र लुका योभिचको प्रहारलाई बचाउँदै पाहुना टोलीलाई खेलमा जीवित राखेका थिए । तर, दोस्रो हाफको मध्यतिर भिनिसयसले निर्णायक गोल गर्दै रियललाई ३ अंक दिलाए ।
योसँगै रियल गेटाफे, भिल्लेरियाल र भ्यालेन्सियासँगै ७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
अन्य खेलमा एथ्लेटिको म्याड्रिड हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको छ भने भिल्लेरियालले आलाभेसलाई ३–१ गोलअन्तरले हरायो । इल्चेले इबारलाई १–० गोलले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण