कोरोना महामारीमा जुवाडेहरु सक्रिय, प्रहरीले धमाधम पक्राउ गर्दै
दाङ । कोरोना महामारीमा जुवातास खेल्ने जुवाडेहरु सक्रिय भएका छन् । चाडपर्व नजिकिएसँगै कोरोनाको बीचमा पनि जुवातास मौलाउँदै गएपछि प्रहरीले जुवाडेहरु धमाधम पक्राउ गर्न थालेको छ ।
प्रहरीले दाङको तुलसीपुरका विभिन्न क्षेत्रबाट मात्रै चार महिनाको अवधिमा ३२ जना जुवाडेलाई पक्राउ गरेको छ । कानुनले प्रतिबन्ध गरेको जुवातास खेल्ने विभिन्न ठाउँबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जेठ २१ गतेदेखि असोज ११ गतेसम्म विभिन्न ठाउँबाट ३२ जना जुवाडेलाई नगदसहित पक्राउ गरिएको छ ।
करिब चार महिनाको अवधिमा ३२ जना जुवाडेबाट चार लाख बढी रकम बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डीएसपी शिबबहादुर सिंहले जानकारी दिए ।
डीएसपी सिंहका अनुसार जेठ २१ गते ११ जनालाई २ लाख २५ हजार ४९५ सहित पक्राउ गरिएको हो । त्यसैगरी असार ४ गते ८४ हजार ४५ रुपैयाँ नगदसहित ४ जना पक्राउ परेको उनले बताए ।
त्यस्तै असोज ४ गते २० हजार ५५ रुपैयाँसहित ४ जना र असोज ११ गते ९८ हजार ९ सय ५० सहित १३ जना पक्राउ परेको डीएसपी सिंहले जानकारी दिए । पक्राउ परेका जुवा ऐन अन्तर्गत अदालमा मुद्दा दर्ता गरेपछि धरौटीमा छुटेका छन् ।
जुवातास नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन हुने र पछिल्लो समय टोल सुरक्षा समितिबाट जानकारी भएपछि पक्राउ गर्ने गरेको प्रमुख सिंहले बताए । पछिल्लो समय खोला किनारामा समेत जुवातास खेल्दै गरेको केहि व्यक्तिहरु पक्राउ परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण