बाइडेनलाई मास्क लगाएकोमा जिस्काउने ट्रम्प आफै संक्रमित भए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै आफुलाई कोरोना भाइरस संक्रमण लागेको घोषणा गरेका छन् । ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ ।
कोरोना भाइरस संक्रमणबाट बच्नका लागि विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुवातमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तिव्रता पाइरहेका बेला उनी एक्कासी संक्रमित भए । यसअघि आफ्ना सहयोगी होप हिक्समा कोरोना संक्रमण देखिएपछि ट्रम्पले बिहीबार राति आफ्नो क्वारेन्टाइन बस्ने योजना सुनाएका थिए । उनले भाइरसको फैलावटलाई लिएर पनि हल्का टिप्प्णी गरेका थिए । ‘महामारी अन्त्य हुन लागेजस्तो देखिन्छ,’ कोरोनाका कारण भर्चुअल्ली आयोजना गरिएको वार्षिक अल स्मिथ डिनर कार्यक्रममा उनले भनेका थिए । यसअघि ट्रम्पले भाइरस छिट्टै बेपत्ता हुनसक्ने दाबी समेत गरेका थिए, जबकी ह्वाइट हाउसकै स्वास्थ्य विज्ञहरुले यी दाबीमा कुनै सत्यता नरहेको टिप्पणी गरे ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
एक्काइसौँ शताब्दीमा पदमै रहेका बेला गम्भीर रोगबाट प्रताडित हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यसअघि बिसौं शताब्दी हृदयघातले वारेन जी हार्डिङ र सेरेब्रल ह्यामरेजले फ्रयाङलिन डि रुसवेल्टको ज्यान लिएको थियो । ७४ वर्षका ट्रम्पमा कोरोना देखिएको खबर फैलिएसँगै अमेरिकामा स्टक मार्केट पनि ओरालो लागेको छ ।
२ लाख अमेरिकीहरुले ज्यान गुमाएपछि देशका सर्वोच्च व्यक्तिमा कोरोना देखिएको हो । अमेरिकामा ७४ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । ट्रम्प पत्नी मेलानियाले संक्रमणका बाबजुद आफु र आफ्ना श्रीमान्को अवस्था राम्रो रहेको बताएकी छिन् । यसअघि पछिल्लोपटक बिहीबार दिउँसो ट्रम्प सार्वजनिक रुपमा देखिएका थिए, उनी न्यु जर्सीमा निर्वाचनका लागि रकम संकलन गर्ने अभियानमा जुटेर ह्वाइट हाउस फर्किएका थिए । उनी बिरामीजस्तो देखिएका थिएनन्, यद्यपी पत्रकारहरुसँग नबोली सिधै आवासमा लागेका थिए । यसअघि ट्रम्प र उनका धेरैजसो सहयोगीहरुले सामाजिक दूरी र मास्क लगाउने काम गरेका थिएनन् ।
मंगलबार साँझ भएको राष्ट्रपति बहसमा ट्रम्पले डेमोक्रेट्रिक पार्टीका उम्मेदवार जो बाइडेनलाई निरन्तर मास्क लगाएको भन्दै जिस्क्याएका थिए । राष्ट्रपतिमा कोरोना परीक्षण पुष्टि भएपछि ह्वाइट हाउसले शुक्रबारका धेरै कार्यक्रम स्थगित भएको घोषणा गरेको छ । जसमा वासिङटनमा हुने फन्ड रेजर कार्यक्रम र फ्लोरिडामा हुने चुनावी ¥याली समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण