पर्वत र कास्कीको सिमानामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
शनिबार, १७ असोज २०७७, २२ : १७
पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजा आँधीखोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्की पुलको बारमा अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडि बसेका बस्नेतको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
आज बिहान साढे ४ बजेको समयमा भएको सो दुर्घटनामा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय स्कुटर चालक सन्तोष न्यौपाने भने घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण