प्रधानमन्त्री निवासमा सेनाको नयाँ टिम खटाइयो, संक्रमित २८ जना आइसोलेशनमा
काठमाडौं । प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि नेपाली सेनाले सो टिमलाई बदली गरेको छ । संक्रमित सैनिक कर्मचारीलाई नागार्जुन गरपालिका–१ स्थित इचगुंको आइसोलेशनमा राखिएको छ । सो आईसोलेशनको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ ।
ठुलो संख्यामा सैनिक कर्मचारीलाई संक्रमण देखिएपछि प्रधानमन्त्री निवासमा नयाँ टिम खटाइएको छ । ‘संक्रमित सैनिक कर्मचारीको ठाउँमा नयाँ टोली बदली गरेका छौं’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीसँग भने– ‘क्वारेन्टाइनमा बसेका र पिसिआर रिपोर्ट नेगेटिभ भएकालाई त्यहाँ खटाएका छौं ।’
शनिवार साँझ प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी ६७ जना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो । बालुवाटारमा खटिएका प्रहरीका १९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीमध्ये धेरैलाई प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ । उपत्यकामा घर भएका प्रहरी कर्मचारी होम आइसोलेशनमा छन् ।
संक्रमित प्रहरीको स्थानमा प्रहरीचाहिँ आफ्नो टिम बदली गरेको छैन् । बालुवाटारमा पहिले खटिएका जनशक्तिबाट नै नियमित ड्युटी म्यानेज गरिएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताए । उनले भने–‘ड्युटी नियमित छ, आवश्यक परेमा बदली हुन्छ ।’
सशस्त्र प्रहरी बलका १८ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता (डिआइजी) राजु अर्यालकाअनुसार संक्रमित सुरक्षाकर्मीको ठाउँमा नयाँ टिम खटाइएको छ । उनले भने– ‘बालुवाटारमा पिसिआर रिपोर्ट नेगेटिभ भएको नयाँ टिम बदली गरेका छौं ।’ स्वास्थ्य मन्त्रालयले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण