राष्ट्रपतिद्वारा कुवेती अमीरलाई बधाई
मङ्गलबार, २० असोज २०७७, १८ : १६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेकोमा शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरेकी छिन् । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । उनले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गरेकी छिन् । नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
-
नुर अहमदको शानदार बलिङ, कोलकाताद्वारा १ सय ८० रनको लक्ष्य प्रस्तुत
-
बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन
-
अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
तस्बिरमा यस्तो देखियो 'ऊनको स्विटर' को प्रिमियर