राष्ट्रपतिद्वारा कुवेती अमीरलाई बधाई
मङ्गलबार, २० असोज २०७७, १८ : १६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेकोमा शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरेकी छिन् । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । उनले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गरेकी छिन् । नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण