युएईमा कोरोना संक्रमित एक लाख नाघे
दुबई । नेपाली श्रमिकहरुको ठूलो संख्या रहेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । युएईको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या एक लाख ७९४ पुगेको र तीमध्ये ४२१ जनाको मृत्यु भएको जनाएको छ । पछिल्ला दुई महिनामा दैनिक संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । गत अगष्ट ३ का दिन १६४ जना नयाँ संक्रमित रहेकामा गत शनिबार एकै दिन एक हजार २३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
अधिकारीहरुले आम मानिसले सामाजिक दूरी कायम नगरेका कारण संक्रमितको संख्या बढेको बताएका छन् । सरकारले युएईका सातमध्ये कुन इमिरेट्समा सबैभन्दा बढी बिरामी भेटिए भन्ने खुलाएको छैन । मंगलबार एक हजार ६१ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो । युएईमा प्रतिव्यक्ति परीक्षण निकै उच्च छ । सरकारले हालसम्म एक करोडभन्दा बढी परीक्षण गरिसकेको जनाएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण