मोटरबाटो नपुगेका प्रदेशका दुई पालिकामध्ये एकमा पुग्यो मोटरबाटो
वाग्मती । वाग्मती प्रदेशमा रहेका मोटरबाटो नपुगेका दुई गाउँपालिकामध्ये एकमा मोटरबाटो पुगेको छ । सडक सञ्जालले नछोएको प्रदेशको अतिविकट काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्ने मोटरबाटो पुगेको हो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत सडक निर्माण भएको जनाइएको छ ।
हरेक गाउँपालिकाको केन्द्रलाई नजिकको राजमार्गसँग कालोपत्र सडकले जोड्ने कार्यक्रमअन्तर्गत सडक सञ्जालले नछोएका क्षेत्रलाई सडकले जोड्ने सडक पुगेका ठाउँका सडक स्तरोन्नति गर्ने र गाउँपालिकाको केन्द्रबाट नजिकको राजमार्गसम्म पक्की सडक बनाउने प्रदेश सरकारको योजना रहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।
प्रदेशको विकट गाउँपालिकामध्ये धादिङको रुविभ्याली र काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसँग अहिलेसम्म सडक सञ्जालले जोडिएको थिएन । “अब महाभारत गाउँपालिकाको केन्द्र जोड्ने तीनखुट्टे–देविटार सडक ट्रयाक मङ्गलबारबाट खुलेको छ”, मन्त्री फुयाँलले भने ।
यसैगरी रुविभ्याली गाउँपालिकाको केन्द्रबाट नजिकैको कालोपत्र सडकसम्म जोड्नका लागि निर्माण कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । मन्त्री फुयाँलले अन्य विभिन्न १४ वटा पालिकाको केन्द्रसम्म वर्षको बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन सञ्चालन गर्नका लागि कालोपत्र गर्ने कार्य अगाडि बढाइएको बताए ।
उनले प्रदेशका कुनै पनि क्षेत्रलाई विकट क्षेत्रका रुपमा नछोडिने बताए । अब ती क्षेत्रलाई सडक सञ्जालका मध्यमबाट जोडेर सिँचाइ, पर्यटन, कृषिलगायत विकासका अन्य पूर्वाधारसमेत तयार पार्न सरकारले पूर्णरुपमा सहयोग गर्ने उनको भनाइ थियो । जनताले प्राप्त गर्ने सेवासुविधाका हिसाबले गाउँ र शहरबीच भिन्नता हुनु नहुने उनले बताए । मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहेको प्रदेश सरकार त्यसकै लागि लागिपरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण