ब्राजिलमा ५० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि
एजेन्सी । ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ ।
दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ४८ हजार २२८ जनाको मृत्यु भइसकेको छ । यस मुलुकको सबैभन्दा बढी प्रभावित शहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । यहाँ कूल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि विश्वमा कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।
विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २२४ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित दुई लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ । तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६५५२ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ ।
विश्वभर कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यसका कारण १० ६४ हजा ५७६ जनाको मृत्यु भइसकेको उक्त विश्वलयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् ।
(((
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण