‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ
लहान । ‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नवराज गाउँपालिका–५ का २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडीमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।
गत भदौ २७ गते नवराजपुर गाउँपालिका–५ का मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर बोक्सीको आरोपमा आठ जनाको समूहले कुटपिट गरेका थिए । पीडित महिलाका पति रामनारायण यादवले स्थानीयवासी कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवलगायत आठ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि प्रहरीले बोक्सी कसुरअन्तर्गत मुद्दा दायर गरी घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण