फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन मिति सारियो
काठमाडौं – नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आलेमगरको निर्देशन रहने फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन पछि सरेको छ ।
गत ५ गते राजधानीमा एककार्यक्रम गर्दै शुभमुहुर्त भएको फिल्मको छायाँकन असोजको दोस्रोसाताबाट सुरु हुने बताइएको थियो । तर, तेस्रोसाता बित्न लाग्दा पनि फिल्मको छायाँकन सुरु हुन सकेको छैन ।
कलाकारको सेडुलको जाजोपाजो नमिल्दा फिल्मको छायाँकन सुरु हुन नसकेको निर्माता सुशिल पंगेनीले बताए । ‘निर्माण टिम फिल्म छायाँकनका लागि तयार छ । तर सलोन बस्नेतलगायत केही कलाकारको समय मिलेको छैन । मिल्ने बितिकै छायाँकन सुरु हुन्छ’ उनले भने ‘अहिलेलाई फिल्मको छायाँकन सारिएको छ ।’ फिल्मको छायाँकन कहिलेबाट सुरु हुने अहिले नै टुङ्गो नलागेको पंगेनीले सुनाए ।
प्रेमकथामा बन्न लागेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाका साथमा नवनायिका रेखा शाहको मुख्य भुमिकाका लागि छनौट भएका छन् ।
दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता र सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् ।
काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध, कविराज गहतराजको नृत्य र सुमनकुमार तण्डुकारको छायाँकन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण