कामदारको भेषमा गार्मेन्ट रेकी गरेर चोरी
काठमाडौँ । तराईबाट ३ जना युवा काम खोज्दै भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटारको एसएस गार्मेन्ट आए । कोरोना भाईरस संक्रमणको बीचमा जागिर पाउन जताततै मुस्किल थियो ।
तर, उनीहरुले जागिर पाए । धनुषा गणेशनाथ चारनाथ नगरपालिका–४ का मेहबुब आलम, सप्तरी खडक नगरपालिका–९ का इजारुल अली र धनुषाकै सम्साद आलमले काम शुरु गरे । तर, काम शुरु गरेको सात दिनमा सो गार्मेन्टमा कसैले नसोचेको घटना भयो ।
असोज ५ मा साँझ उनीहरुले ६ सय थान तयारी कपडाको पाइन्ट र ओभरलक गर्ने मेसिन चोरे । चोरेको सामान उनीहरुले रातारात ट्याक्सीमा हालेर महोत्तरीको बर्दिबास लगे ।
चोरीमा संलग्नमध्ये १९ वर्षीय मेहबुब आलम र २० वर्षीय इजारुल अलीलाई महानगरीय प्रहरी वृत्त थिमिले धनुषा प्रहरीसँगको समन्वयमा ढल्केबरबाट पक्रेको छ ।
कामदारको भेषमा गार्मेन्टमा रेकी गरेर उनीहरुले चोरी गरेको महानगरीय प्रहरी वृत्त थिमिका डीएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । डीएसपी कँडेलले भने– ‘आरोपीलाई हामिले चोरी मुद्धामा सम्मानित अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’
हप्तादिनको रेकीपछि उनीहरुले चोरेको सामान मध्ये ४४ थान तयारी पाइन्ट र पेगासस कम्पनीको ओभरलक गर्ने मेसिन प्रहरीले बरामद गरेको छ ।
चोरेको समान लैजान पार्किङमा राखेको ट्याक्सीमा चालकको नम्बर देखेपछि मध्यराती १२ बजे उनीहरुले फोन गरेर चालकलाई उठाउँछन् । पहिले कलंकी जाउँ भनि पछि ‘१० हजार भाडा दिन्छौं’ भनेर सो सामान महोत्तरी लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चोरीको योजना बनाउने मुख्य योजनाकार २३ वर्षीय सम्साद आलमचाहिँ फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण