२० वर्षीया महिला बेचेको आरोपमा एकजना राजधानीबाट पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधासहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए ।
लगत्तै उनी फरार भएका थिए । महिलालई बेचेर नेपाल फर्केकै दिन तामाङविरुद्ध उजुरी परेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विबेदीले जानकारी रातोपाटीलाई दिए । तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारबाही अगाडि बढाइएको एसपी द्विबेदीले बताए ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतमा बेचिएकी महिलाको २०७५ भदौ ५ गते उद्दार भइसकेको छ । ‘शक्ति समूह नामक संस्थाले ती महिलाको उद्दार गरी नेपाल ल्याएको हो,’ एसपी द्विबेदीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण