२० वर्ष कैद सजाय पाएका युवक भक्तपुरबाट पक्राउ
काठमाडौँ । प्रहरीले अदालतबाट २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका–४ बस्ने २२ वर्षीय सुवास सुनार रहेका छन् ।
सुनारलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले जानकारी दिए ।
पक्राउ परेका सुनारमाथि २०६९ साल कात्तिक ८ गते साविक चलालगणेशस्थान–२ का १८ वर्षीय एन्जल तामाङलाई कर्तव्य गरी मारेको अभियोग रहेको छ । उनलाई २०७४ असार १४ गते जिल्ला अदालत काभ्रेले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिम्लिसनाले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण