राम रहिमको रंगीन कहानीमा बन्नेछ फिल्म, हनिप्रितको भूमिकामा राखी सावन्त
बलात्कारको आरोपमा २० वर्षको जेल सजायँ खेपिरहेका डेरा सच्चा सौदाका प्रमुख गुरमित राम–रहिमको जीवनमा आधारित फिल्म निर्माण हुने तयारीमा छ । सूत्रका अनुसार फिल्मको कास्टिङ पनि तय गरिसकिएको छ । रजा मुरादलाई राम रहिमको भूमिका दिइएको छ जबकी आइटम नम्बरका लागि चर्चित राखी सावन्त हनिप्रितको भूमिकामा देखिनेछिन् ।
अहिले राम रहिम हरियाणाको रोहतक जेलमा कैद छन् भने हनिप्रित सिबिआई निर्णयपछि भड्किएको हिंसापछि गायब छिन् ।
फिल्ममा राम रहिमको भूमिका नेगेटिभ शेडमा हुनेछ । यसमा राम रहिम रक स्टार बनेदेखि उनी जेल गएसम्मको कहानी समावेश हुने बताइएको छ । हनिप्रितसँगको उनको सम्बन्धलाई पनि फिल्ममा देखाइने आशा गरिएको छ ।
फिल्मको सुटिङ आजैबाट दिल्लीमा सुरु हुनेछ । एजाज खान इन्भेस्टिगेशन अफिसरको भूमिकामा देखिनेछन् । आशुतोष मिश्रा फिल्मको निर्देशन गरिरहेका छन् । वास्तवमा, जेल गएपछि राम रहिमबारे विभिन्न रहस्योद्घाटन भएका छन् । राम रहिम रक स्टार बन्नेदेखि डेराको अर्बौंको साम्राज्य पछाडि थुप्रै अपराधिक मामला सार्वजनिक भएका छन् । यसमा बलात्कार र हत्यासम्मका मुद्दा सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण