मोबाइलमा फैलिएको ‘कर्फ्यू लाग्ने’ सूचना गलत– गृह मन्त्रालय
काठमाडौं । मोबाइल र विद्युतीय माध्यममा सोमबार एउटा संवेदनशील म्यासेज भाईरल भएको छ । ‘सुरक्षाको कारण संकटकाल र कफ्र्यु लाग्ने’ सूचना सार्वजनिक भएपछि गृह मन्त्रालयले सो म्यासेजलाई ‘गम्भीर’ भनेको छ ।
गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर ‘सुरक्षा संवेदनशील विषय जोडेर संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको’ बताएका छन् ।

मोबाइल र सामाजिक सञ्जालमा प्रेशित गरिएको सो सूचना तथ्यहिन, भ्रामक र गलत भएको मन्त्रालयले जनाएको छ । घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको गृह प्रवक्ता बुढाले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र साइबर ब्यूरोले यसबारे अनुसन्धान शुरु गरेका छन् । मोबाइलमा पिएससी युजरबाट ‘ग्रुप मेसेज’आएपछि सो सूचना भाइरल भएको छ । सूचनामा आपतकालिन अवस्था आएकोले कफ्र्यु लगाएको र सशस्त्र प्रहरीले एयर ट्राफिक मनिटर गरेर सम्भावित चुनौती साम्य पार्न पार्न लडिरहेको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण