प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते
मङ्गलबार, ०४ कात्तिक २०७७, १२ : २७
बुटवलव । प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार माण्डवी गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दाङ घर भएका बस चालक ४० बर्षीय तारा रानाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्युठानको माण्डवि ९१ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएका छन् । उनीहरुलाई दाड उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण