साइकल बाँड्दै अभिनेता सोनु
मुम्बई । अभिनेता सोनु सुदको सामाजिक कामको सिलसिला लगातार जारी रहेको छ । उनी जहिले पनि अरुको सेवा गर्न अगाडि सर्ने गर्दछन् । उनी सामाजिक सञ्जालमा पनि निकै एक्टिभ छन् । जो उनलाई सहयोगको आग्रह गर्दछन् । उनी निरास पार्दैन् । तुरुन्त उनको सहयोगका लागि पुग्ने गर्दछन् ।
अब, सोनुले उत्तर प्रदेशको मिर्जापुर ताथ सोनभद्र जिल्लाका हजारौं केटीका लागि साइकल दिने भएका छन् । सन्तोष चौहन नामको एक ब्यक्तिले ट्वीटरमा सोनुलाई ट्याग गरेर सहयोग मागेका थिए । ‘उत्तर प्रदशेको मिर्जापु र सोनभद्र जिल्लामा यस्ता हजारौं केटी छन् । जसले बाध्य भएर ५ कक्षापछि पढाइ छोड्नुपर्छ’ चौहानले भनेका थिए ।
चौहानले अगाडि भनेका थिए– ‘सोनूजी गाउँमा ३३ केटी छन् । जसलाई पढ्न ८ देखि १५ किलोमिटर जंगलको बाटोबाट हिँड्नुपर्छ । केहीको साथमा मात्र साइकल छ । यो नक्सल प्रभावित बाटो हो । डरका कारण उनीहरुको परिवार अगाडि पढ्न दिँदैनन् । यदि तपाईले यी सबैलाई साइकल दिनसक्नुभयो भने सबैको भविश्य सुध्रिन्थ्यो ।’
सन्तोषको यस ट्वीटको जवाफमा सोनुले सबै केटीलाई साइकल दिने भरोसा दिलाएका थिए । उनले जवाफमा लेखे–‘गाउँका हरेक केटीको साथमा अब साइकल हुन्छ । परिवारलाई भनिदिनु साइकल आउँदैछ । चिया तयार राख्नु ।’
सोनुको यस ट्वीटलाई उनका फ्यानले निकै लाइक बर्साएका छन् । उनको यो सहयोगी भावनालाई फ्यानले तारिफ समेत गरेका छन् ।
सोनुले अहिलेसम्म धेरै मानिसलाई जीवनदान दिएका छन् भने धेरै जीवनमा खुसी ल्याइदिएका छन् । कामको कुरा गर्ने हो भने सोनु छिट्टै फिल्म ‘पृथ्वीराज’ मा देखिँदैछन् । यो फिल्ममा अक्षयकुमार, मानुषी छिल्लर, सञ्जय दत्त र आशुतोष राणाको समेत मुख्य भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण