सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्रीले ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन गर्ने

बुधबार, १९ कात्तिक २०७७, १४ : ५३
बुधबार, १९ कात्तिक २०७७

फुङलिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएका छन् ।  उनको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भएपनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी सरकारी कार्यालय प्रमुखसँग बैठक, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशकको बैठक र फुङ्लिङ नगरपालिका–१० मित्लुङमा निर्माणाधीन मध्यतामोरा सानिमा हाइड्रोपावरको अवलोकन समय तालिका बनाइएको छ ।

यस्तै उनको फक्ताङलुङ गाउँपालिका–३ सेवा माविको इसिटी ल्याब उद्घाटन, फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र फक्ताङलुङ गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल र मिक्वा खोलागाउँपालिका पार्टीका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका कार्यालय टोलीका सदस्यसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री भट्टराईको मिक्वाखोला गाउँपालिकाको जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफलको कार्यक्रम तय गरिएको छ । यस्तै मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम थुकिमामा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल  गर्ने कार्यक्रम उनको छ । 

मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम साँघुमा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफलको कार्यक्र तय गरिएको छ । 

यस्तै अठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम हामपाङ र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ । यही कात्तिक २७ गते ताप्लेजुङमा रहेका सबै सङ्घसंस्थासँग अन्तिरक्रिया तथा छलफल  गरिने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप