खेती गर्न गोरुको अभाव
रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ । पहिले गोठभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ ।
पशुपालन गर्ने प्रचलन घटेका कारण अहिले खेतीपाती लगाउने समयमा गोरु खोज्दैमा कृषकहरु हैरान भएका छन् भने खेतबारीमा रासायनिक मलको अत्यधिक प्रयोग हुन थालेको छ ।
प्रायः सबै स्थानीयवासीले धेरथोर खेतीपाती गर्दछन् तर गोरु गाउँभरिमा पाँच÷सात हल मात्र हुँदा गोरु खोज्दै र पालो कुर्दैमा समयमा खेतीपाती गर्न समस्या भएको छ । खेतीपाती गर्ने एक याममा एक हल गोरुले चार गाउँ धानेका छन् । सिस्ने गाउँपालिका—६ का तिलक रेउले भास्करले यस वर्ष अर्कैको गोरु भाडामा लिएर खेती लगाएका छन् ।
गोरुको रु एक हजार र हलीको रु एक हजार तिरेर उनले गहुँ लगाएका छन् । उनी मात्र होइन, यसरी गोरु खोज्दै भाडामा लिएर खेती लगाउनेहरु थुप्रै छन् ।
सबैले गोरु पाल्न छोडेपछि पछिल्लो समय गोरुहरु पनि भनेको बेलामा नपाइने उहाँको भनाइ छ । यस्तै सिस्ने गाउँपालिका—५ रुमालबाराका आइते कामीका एक हल गोरु छन् ।
उनका गोरुले रुमालबारासहित टाकुरा, बाहुनठाना, बाहुनडेरालगायतका ठाउँमा खेतीपाती लगाउने गरेका छन् ।
जिल्लामा कृषिका लागि अझै पनि आधुनिक प्रविधि भित्रिनसकेकाले किसानहरु परम्परागत रुपमा खेतीपाती गर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण