कोभिड खोप खरिद प्रक्रिया सुरु
काठमाडौँ – नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।
परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको छ भने ।
अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पु¥याइसकेका छन् । “कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,” ज्ञवालीले थपे ।
उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण