रोल्पा जाँदै गरेको जीप सल्यानमा दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
शनिबार, २२ कात्तिक २०७७, २० : ५५
सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । शनिबार बेलुका दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । जीपमा सवार अन्य ५ जना सकुशल रहेको वलीले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ का ३५ वर्षीय जीप चालक भीमबहादुर वली, १७ वर्षीय भीमराज बुढा र ६५ वर्षीय गजबहादुर बुढा रहेको वलीले जानकारी दिए ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्भान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण