४ किलो अफिम र चितुवाको छालासहित २ युवक पक्राउ
काठमाडौँ । प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्यूठान नौवहिनी गाउँपालिका–५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका छन् ।
दाङको घोरही उपमहानगरपालिका–८ बनगाउँस्थित चितुवाको छाला र लागुऔषध अफिमको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले जानकारी दिए । ३ किलो ७५० ग्राम अफिम र पुच्छरसहितको चितुवाको छाला बरामद भएको एसपी चन्दले बताए ।
उनीहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । चितुवाको लम्बाई ६ फिट ११ इन्च लामो रहेको र उनीहरुलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण